
तानसेन, लुम्बिनी मेडिकल कलेजमा सुत्केरी व्यथा लागेर पुगेकी महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । रम्भा गाउँपालिका १, बैरादीकी २२ वर्षीय मिरा मश्राङ्गीकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उपचारका लागि मङ्गलबार पुगेकी मश्राङ्गीले जीवित छाेरालाइ जन्म दिएकी थिइन । तर उनकाे उपचारकै क्रममा लुम्बिनी मेडिकल कलेजमा मंगलबार साँझ मृत्यु भएकाे छ ।
अस्पतालकाे लापरबाहीले मिराकाे मृत्यु भएकाे भन्दै अाफन्तले शव उठाउन मानेका छैनन । अहिले रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीकाे राेहबरमा वडाध्यक्ष सहित स्थानीय अहिले वार्तामा बसेका छन । स्थानीय यमबहादुर मश्राङ्गीले घरबाट हिँडेर हुँगी स्वास्थ्य चाैकी पुगेकी मिराले बच्चा जन्माउन समस्या हुन सक्ने भन्दै मेडिकल कलेज ल्याइएकाे बताए । उनले अस्पतालले मृतकका परिवारलाइ यथार्थ विवरण नदिने र उपचारमा लापरवाही गरेकाे अाराेप लगाए ।
अस्पताल प्रशासनले मृतकका छाेरालाइ उच्च शिक्षासम्म अध्ययनका लागि सहयाेग गर्न सक्ने अाश्वासर दिएकाे तर छलफल भने जारी रहेकाे उनले बताए । फाइल तस्विर