
पाल्पा ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिद्धबाबा हेडबक्स नजिँकै पहिरो खस्दा बोलेरो गाडी च्यापिएको छ । सोमबार साँझ पहिरोले पाल्पाबाट बुटवल जाँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन ।
घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
घाईतेहरुको परिचय खुल्न बाँकी रहेको छ । पहिरोले पाल्पा बुटवल सडक अवरुद्ध भएको छ ।