कोभिड-१९ केश अनुसन्धान तथा खोज पडताल सम्बन्धि तालिम सम्पन्न

बोली खबर   १८ श्रावण २०७८, सोमबार २२:०८

बिर बहादुर बिसी

कोभिड-१९ केश अनुसन्धान तथा खोज पडताल( CICT) सम्बन्धि पालिका स्तरीय परिचयात्मक कार्यक्रम बौदीकाली गाउँपालिकामा आज सम्पन्न भएको छ ! बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, गाउँपालिकाका कर्मचारीको सहभागीता रहेको थियो ।


बेस नेपाल सुआहारा कार्यक्रम अन्तर्गत नवलपरासी(पुर्व)का ४ वटा स्थानीय तहमा सञ्चालन हुने कार्यक्रममा बौदीकाली गाउँपालिका गरिने कार्यक्रम,योजना र गतिविधि बारे बेस नेपालका जिल्ला कोर्डिनेटर शालिकराम पोख्रेलले सहजीकरण गर्नु भएको हो ।


कोभिड-१९ केश अनुसन्धान तथा खोज पडताल कार्यक्रम अन्तर्गत हाल बौदीकाली गाउँपालिका भित्र ३० वटा ५ सदस्यीय टोल समिति गठन गरि स्वास्थ्यकर्मी सहित समिति मार्फत घरघरमा पुगि आजैदेखि कार्य शुरु गरिने बेस नेपालका शालिकराम पोख्रेलले बताउनु भयो ।

यस कार्यक्रमले कोभिड-१९ रोकथाम नियन्त्रणका साथै अनुसन्धान र रिपोर्टिङमा समेत सहज हुने संस्थाले जनाएको छ !बौदीकाली गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक टोपकान्त अधिकारीले गर्नु भएको हो ।