भ्वाइस अफ नेपालकाे ट्रफी किरण गजमेरलाई

बाेली खबर   २४ श्रावण २०७८, आईतवार ०८:२०

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् ।

टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई भने टप फोरमा मात्र अटाउन सकेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् ।

विजेता भएका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’का लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।