
सामुदायिक बन उपभोक्ता महासंघ नेपालको आयोजनामा बन दिवस मनाइएको छ । पाल्पाको रामपुरमा राष्ट्रिय वनदिवस बृक्षारोपण गरि मनाइएको छ । वृक्ष रोपण मालपोत र नापी कार्यलयको परिसरमा गरिएको हो ।
बन महासंघ न्यायिक समिति सम्योजक राधिका भण्डारीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि वन महासंघ प्रदेश सदस्य बिन्दु श्रेष्ठ रहनु भएको थियो । बन बिना मानिसको जिबन कल्पना गर्न पनि सकिदैन भन्दै बृक्षारोपण गरि बन जोगाउन आग्रह गर्नु भएको छ ।
महासंघका सदस्य ईश्वरी खनालको स्वागतबाट सुरु भएको कार्यक्रममा मालपोत कार्यालय रामपुरका प्रमुख शोभा कान्त पौडेलले बोल्दै कार्यालय परिसरमा बृक्षारोपणले एक त हरियाली दिन्छ भने सुन्दर र सितल हुने हुदा बृक्षारोपण राम्रो भएको बताउनु भएको छ। कार्यक्रममा राम्चे सामुदायिक बनका अध्यक्ष दयाराम गैर लगायतले आफ्ना भनाइ राख्नु भएको छ ।
मालपोत र नापि परिसरमा धुपिका बिरुवाहरु र फुलका बिरुवाहरु रोपिएको छ । कार्यक्रमको सन्चालन रामपुर वनमहासंघ नगर समिति सचिव लक्ष्मि थापाले गर्नु भएको हो ।