बाटोको समस्याको कारण बिरामीलाइ सास्ती

बोली खबर   २६ श्रावण २०७८, मंगलवार ०९:२४

पुर्बखोला गाउपालिका पाच बिरकोटको गेझा बर्दले जनता मार्ग मोटर बाटो बर्षातको कारणले हिलो र पैरो गई बन्द रहेको छ। बर्षात संगै बाटो घाटो बिग्रने भत्कने पहिरो जाने हुदै आएको छ ।

यस्तैमा घरको आगनबाट मोटर हिड्ने बाटो भएतापनि बर्षातको पानीले ठाउँ ठाउँमा बाटो हिलो र पैरो गएको कारणले बाटो प्रयोग गर्न स्थानीयले पाएका छैनन। गाडी नचलेर मेशिन अस्पतालबाट डिसचार्ज भई आएको दुईदिनको सुत्केरी आमा बिरकोट वडा भवन देखि टौलनः नौ थुम्बाससम्म हिडेको स्थानीय बताउछन । दुई दिनको सुत्केरी दुई घण्टा सम्म हिडेर जानू पर्ने बाध्यता रयो । यस्ता थुप्रै समस्या का बाबजुद पनि गाडी हिड्ने मोटरको हिलो तर्फ कसैको ध्यान गएको छैन ।

बाटोमा सवारी साधन त के मान्छे हिड्न पनि अप्ठ्यारो परेकोले बाटो निर्माणकार्य प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गरीयोस , दुई दिनको सुत्केरी आमाले शुझाब र सल्लाह दिनु भएको छ । उहाले आफुले दुख पाए पनि अन्य दिदै बिरामीले दुख र कष्ठ भोग्न नपरोस भन्नू भयो ।