आमा समुह र स्काउटको सहयोगमा रामपुरमा वृक्षारोपण

बाेली खबर   ३२ श्रावण २०७८, सोमबार ११:४२

रामपुर, नवचेतना आमा समूह रामपुर नगरपालिका वडा नं ५ र रामपुर स्काउटको आयोजनामा राङभाङमा वृक्षारोपण गरिएको छ । आमा समुहका अध्यक्ष सुमित्रा खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहनु भएको हो । उहाँले वातावरण संरक्षण गर्न आमा समूह र स्काउट समुहले गरेको यो काम अत्यन्तै राम्रो रहेको बताउनुुहुदै कोरोनाको जोखिम कायम रहेको हुदा सतर्क रहन सुझाव दिनु भएको छ ।

समुहका सल्लाहकार सरस्वती डोटेलको स्वागतबाट सुरु भएको कार्यक्रममा रामपुर आवासिय अंग्रेजी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल अनन्त भण्डारी र रामपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बोल्दै अहिले यहाँ रोपण गरिएको विरुवा हुर्काएर वातावरण हराभरा बन्ने बताउनु भएको छ । कार्यक्रमको संचालन आमा समुहका सचिव जमुना राना मगरले गर्नुभएको हो ।

रामपुर अंग्रेजी आवासिय बोर्डिङ्ग स्कुलका विद्यार्थीले कार्यक्रमका पाहुना तथा सहभागी सबैलाई स्वागत गरेको कार्यक्रमको अवसरमा किसमस, धुपि, लालुपाते, बारमासे, सयपत्री लगायतका विभित्र थरिका विरुवा रोपण गरिएको छ । कार्यक्रममा सहभागीलाई स्काउट रामपुरका प्रतिनिधि सागर श्रेष्ठले धन्यवाद दिनुभएको छ ।