
रामपुर, नेकपा (एमाले) निकट सहिद बहुमुखी क्याम्पस अनेरास्ववियूले रामपुर कमिटीले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। सहिद बहुमुखी क्याम्पस अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् ।
सहिद बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मधुसुधन आचार्यले परमादेशबाट गठन भएको जनघाती सरकारले दिन प्रतिदिन जनताका विरुद्धमा लोकतन्त्रको विरुद्धमा संविधानको मर्म बिपरित काम गरिरहेको छ हामी सबैलाई थाहा छ हिजाे मात्र यो सरकारले नेपालको दलिय ब्यवस्थालाई गणतन्त्रलाई नेपालको संविधानको हुर्मत हुने गरि राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेको छ। यसले दलिए ब्यबस्थालाई कमजोर बनाउदै अराजक्ता र राजनैतिक अस्तिरतालाई निमत्याएको साथै प्रदर्शनकारीहरुले उक्त अध्यादेश खारेज गर्न माग समेत गरेका छन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले टायर बालेर विरोध जनाएका थिए। सरकारले प्रमाणीकरणका लागि पठाएको उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गर्नु भएकाे थियाे । यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो । तर, अहिले अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ । उक्त अध्यादेश एमालेको माधवकुमार नेपालपक्ष र जसपाको महन्थ ठाकुरपक्षलाई दल विभाजनका लागि सहज बनाउन सरकारले ल्याएको हो। एमालेको नेपाल समूह र जसपाको ठाकुरपक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेका छन्।