
पाल्पा, रामपुर शुक्लागण्डकी नगरपालिका वडा नं. ५ निवासी मुवारक अलि मियाको छोरा उस्मान अलिको बचाउँ अभियानमा उनका परिवार रामपुर आइपुगेको छ । जन्म देखि नै स्माईनल मस्कुलर एटोपी टाईप वान (एस.एम.ए) मेरुदण्ड सम्बन्धी दुलर्भ रोग लागेकाले विश्व बजारमा उपचार विधि एवं औषधी निकै महंगो भएका उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् ।
उस्मान अलिको उपचारका लागि अमेरिकामा मात्र सम्भाव रहेको उनका अफान्त अब्बु मियाले बताउनु भयो । जोल्जन नामक औषधी अमेरिकामा मात्रै पाइने र निकै महंगो हुने परिवारले जनाएको छ । त्यसका लागि करिब २६ करोड रुपैया आवश्यकता पर्ने परिवारिक स्रोतले जनाएको छ ।
रामपुरमा रहेको इस्लामिक सक्रिया युवा समाजलाई उस्मान अलिको बचाउ अभियानलाई सहजिकरण गरिदिन उनका परिवारले आग्रह गरेकाछ । इस्लामिक सक्रिया युवा समाजका सदस्य जावेद अहमद मियाले यो मानवीय सहयोगलाई हामी सबै मिलेर सहयोग गर्नुपर्छ । हाम्रो मानवताको धर्म पनि हो । जसले जति सकिन्छ त्यति सहयोग हामी सबैले गर्नुपर्छ र रामपुरमा रहेका सम्पूर्णमा हामी उस्मान अलि बचाउ अभियानमा सहयोगको अपिल गर्दछौं ।
उस्मान अलि बचाउ अभियानलाई उनका परिवारले सम्पुर्ण रामपुर नगरबासी, समाजसेवी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, क्लब, समूह तथा मिडियाकर्मी साथीहरुलाई उस्मान अलि बचाउ अभियान सफल पारिदिनु हुन र उस्मान अलिलाई बचाईदिनु हुन अनुरोध गरेको छ ।