
रामपुर, अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको भेला बसेको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अ. ने. म. संघ नगर कमिटी अध्यक्ष क. दुर्गा देवि रानाको अध्यक्षतामा र ने.क.पा. एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक क. बुध्दिराज गौतमको प्रमुख आतिथ्यतामा भेला बसेको हो।
भेलामा लामो समय देखि महिलाहरुको गतिविधि र अबको दिनमा महिलाहरुको नेतृत्वका लागि के कसरी जाने, हरेक परिस्थितिमा पनि नडग्मगाइ पार्टी अनि महिलाहरुको हक हितका लागि आफ्नो तर्फबाट कस्ता कुराहरुलाइ समेट्दै जाने त ? भन्ने बिषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । अ. ने. म. संघको नगर कमिटीको आज बसेको भेलामा बर्तमान स्थितिमा पार्टीको केन्द्र , प्रदेश , जिल्ला अनि नगरको गतिविधि , पार्टीले चालेका कदम , जस्ता विविध बिषयमा केन्द्रित रहेर भेलाका प्रमुख अतिथी क. बुध्दिराज गौतम, पार्टीका जिल्ला कमिटी सदस्य तथा रामपुर नगर कमिटी इन्चार्ज क. राजु प्रसाद श्रेष्ठ , रामपुर नगर कमिटी संयोजक बिष्णु प्रसाद रेग्मी , रामपुर नगर कमिटी सचिब किर्तिनाथ श्रेष्ठ , रामपुर नगर कमिटी सदस्य क. राधिका भण्डारी , अ.ने.म. संघ जिल्ला कमिटी सदस्य क.बिन्दु श्रेष्ठ ,दलित मुक्ति समाज महिला सदस्य क. टीका सुनार लगायतले आ-आफ्नो समसामयिक अनि सान्दर्भिक भनाइहरु राख्नुभएको थियो।
हरेक तहमा महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेको र घर, समाज देखि देशका विभिन्न क्षेत्रको अग्रज पदमा महिला हरुले पनि आफ्नो जिम्मेवारी सहि अनि कुशलता पुर्बक निभाउन सक्ने र निभाउदै आइरहेका छन् त्यसैले आफू पनि जिम्मेवार बनी पाएका तहमा आफ्नो जिम्मेवारी पुर्ण रुपमा निभाउन सक्षम होउन् भन्ने उध्देस्यले आयोजना गरिएको भेलामा रामपुर नगरपालिकाको प्रत्येक वडाका महिलाहरुको उपस्थिति भएको भेलालाई स्वागत तथा भेला आयोजना गर्नुको बिषयबस्तुका बारेमा भेलाका अध्यक्ष दुर्गा देवि रानाले प्रकाश पार्नुभएको थियो भने भेला सन्चालन नेकपा एमाले नगर कमिटी सदस्य तथा अ.ने.म. संघ नगर कमिटी सचिव सन्जु देवि परियारले गर्नुभएको थियो।