लगातर बर्षाले रामपुरमा घर भत्कियो

बाेली खबर   ११ भाद्र २०७८, शुक्रबार १४:५८

रामपुर, लगातारको वर्षातसँगै रामपुरमा एउटा घर भत्किएको छ । तीन दिन देखी अबिरल वर्षा का कारण शुक्रवार राती १० बजे रामपुर नगरपालिका वडा नं ६ वस्ने शेषकान्त घिमिरेको घर क्षति भएको छ ।

मानवीय क्षति नभएपनि घरमा भएको अन्नपात भाडाकुडा लत्ताकपडा टुटफुट नोक्सान भएको उहाँले बताउनुभयो । अबिरल वर्षाका कारण अन्य नजिकका दुई घर पनि जोखिममा छन् ।

अविरल वर्र्षाका कारण पाल्पाका अन्य ग्रामीण क्षत्रेका सडक तथा भौतिक संरचनाहरुमा समेत प्रभाव पारेको सम्बन्धित क्षेत्रका  स्थानीयले जनाएका छन् । उनीहरुले घटनाको एकिन विवरण संकलन भइरहेको जनाएका छन् ।