रामपुर नगरपालिका वडा नं. ६ मा सरोकारवालाहरुको भेला सम्पन्न

बन्दना पाेखरेल   १२ भाद्र २०७८, शनिबार २०:३५

पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ मा सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । कृषि पर्यटन पुर्बाधार बिकास ६ न वडा बिकास समृद्धिको आधार भन्ने नारा सहित आज रामपुर नगरपालिका वडान ६ को वडा भेला सम्पन्न भएको हो । आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिका बाट वडामा सञ्चालन हुने योजना कार्यान्वयनका विषयमा छलफलका लागि वडा भेला भएको हो ।

भेलामा रामपुर नगरपालीकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको छ । प्रमुख अतिथि नगर प्रमुख थापाले भेलालाई सम्बोधन गर्दै समृद्ध वडा तथा नगर निर्माण गर्ने दायित्व हामी सबैको भएकाले विकासमा सहकार्य गर्दै बढ्न आग्रह गर्नु भयो । उहाँले बजेटको सहि कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको बताउँदै विकास निर्माणका कार्यमा स्थानीयको सहयोग अपरिहार्य रहेको बताउनुभयो । नगरको पहिचानको रुपमा रहेको तालपोखरा संगै निर्माणाधिन ज्याग्दी वृहत पार्क जस्ता योजनाहरु सञ्चालन हुनुले पनि वडा नं. ६ नगरको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर ६ का वडा सभापति कृष्ण प्रसाद अर्यालले विकास निर्माण सबैलाई समेटेर वडा अघि बढेको बताउनुभयो । उहाँले शत प्रतिशत योजना कार्यान्वयन संगै दिगोपनका लागि सबैको सहयोगको आवश्यक हुने बताउनुभयो । नेकपा एमाले रामपुर ६ का अध्यक्ष सागर प्रसाद देवकोटाले वडामा सञ्चालन हुने योजना तथा विकास निर्माणका कार्य सहकार्य बाटै सञ्चालन भएको बताउँदै विकासका लागि सबैले पहल गर्नु पर्ने बताउनुभयो । नेकपा माओवादि केन्द्रका प्रतिनिधि जनकराज ढकाल, राष्ट्रिय जनमोर्चा नेपालका पार्टि प्रतिनिधि रामप्रसाद गैरे नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल लगाएतले आफ्ना भनाई राख्नु भएको थियो ।

त्यस्तै रामपुर नगरपालिकाका प्राविधिक शंकर कंडेलले विकास निर्माणका योजना कार्यान्वयन गर्ने प्रक्रिया, अपनाउनु पर्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो । रामपुर भजनकृतन मण्डलीको सभाहलमा भएको भेला वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता र वडा सचिव बासुदेव ढकालको सहजिकरणमा भएको हो ।वडा अध्यक्ष हुमनाथ न्यौपानेले योजना का ९९ वटा योजनाका बारेमा जानकारी गराउनु भएको छ ।
नगर तथा वडाका जनप्रतिनिधि, राजनैतिक दल, टोल संयोजक, समाजसेवी एवं वडाबासीको उपस्थिति रहेको भेलामा गत वर्ष सञ्चालन भएका योजनाहरुको समिक्षा संगै चालु आर्थिक वर्षका योजनाका विषयमा छलफल भएको थियो ।

रामपुर नगरपालिका वडा नं ६ का यस वर्षका योजनाहरु
२०७८÷७९ योजना हरु । सार्वजनिक गर्दे
(१) कार्यालय संचालन खर्च रु ८० हजार
(२) बैठक खर्च रु १४५ हजार
(३) रामपुर साहित्य कार्यक्रम रु २० हजार
(४) व्यवसायीक खेती कार्यक्रम रु १४० हजार
(५) दलित कार्यक्रम रु ५० हजार
(६) पर्व दिवस ÷ फर्निसिङ रु ७० हजार
(७) जनजातिको कार्यक्रम रु १ लाख
(८) जेष्ठ नागरिक कार्यक्रम रु १५० हजार
(९) बालबालिका कार्यक्रम रु ५० हजार
(१०) खेलकुद मेयर कप रु १ लाख
(११) एकल महिला कार्यक्रम रु १ लाख
(१२)अपांग कार्यक्रम रु५०हजार
(१३) आलु शीत अनुदान रु ३७० हजार
(१४) कृषक अबलोकन भ्रमण रु १५० हजार
(१५) खानेपानी सहयोग रु ७५ हजार
(१६) बिधुत मिटर सहयोग कार्यक्रम रु २५ हजार
(१७) वडा स्मारिका प्रकाशन रु ८० हजार
(१८) संचार खर्च रु ४५ हजार
(१९) श्री नब दुर्गा मा वि रु १ लाख
(२०) आधारभूत स्वास्थ्य व्यवस्थापन रु १ लाख
(२१) मानव धर्म आश्रम रु १ लाख
(२२) श्री दरै ठाटि मा वि रु ५ लाख
(२३) किसान टनेल गडाहा मो वा रु १ लाख
(२४) सातबिसे सेटार मो वा रु १ लाख
(२५) मिलन चोक गौशाला ग्रावेल नालि रु ७ लाख
(२६) प्याकलुक खेत पानी टंकि मो वा रु १ लाख
(२७) वासु प्रतिक्षालय ठाडो बाटो मो वा रु १५० हजार
(२८) चारपाटे हस्पिटल स्कुल रोड मो वा रु ५० हजार
(२९) गैराबारि एफ एम मो वा रु १ लाख
(३०) सिम्ले मो बाटो रु १ लाख
(३१) बिरुवा टोल खरेन वारि मो बा रु १ लाख
(३२) गैराबारि मो बा रु १ लाख
(३३) मिलनचोक गौशाला स्लेप रु १ लाख
(३४) जिम्माल चौपारि फुलबारि रु १ लाख
(३५) कालिआप बाटो रु १ लाख
(३६) देबकोटा चोक किसान टोल रु १५० हजार
(३७) सोमरा प्याक्लुक नालि रु २९० हजार
(३८) भित्री वारि बाटो रु ५० हजार
(३९) सेनटारि पानी टंकि मो बा रु १ लाख
(४०) गैटार मैदान वारि सोमरा मो बा रु ५ लाख
(४१) पल्पालिथर चोक हेम्पाएप रु ४० हजार
(४२) कौवा सेट्टार मो बा रु ३ लाख
(४३) चिप्लेढुङ्गा भित्री वारि मो बा रु १५० हजार
(४४) तुरुन्दि बुढिआप मो बा रु ५० हजार
(४५) कटहरबारि मो बा रु १ लाख
(४६) मिलन घाट मो बा रु १ लाख
(४७) कालिआप कुलो मा हेमपाएप रु३५ हजार
(४८) तुरुन्दि कुलो रु १ लाख
(४९) तार जालि रु १ लाख
(५०) तल्लो कुलो रु १ लाख
(५१) कडिबन कुलो रु १ लाख
(५२) तिलकपुर कुलो रु १ लाख
(५३) घिमिरे कुलो रु १ लाख
(५४) डुडखोल्सि कुलो रु ४० हजार
(५५) केबलबोटे कुलो रु १५० हजार
(५६) बार्हबिसे कुलो रु २ लाख
(५७) कटुवई बेलबोटे कुलो रु ५० हजार
(५८) अरौते कुलो रु १ लाख
(५९) बलौटे कुलो रु ५० हजार
(६०) माझ कुलो रु १ लाख
(६१) बिजयपुर कुलो १ लाख
(६२) ठुलो पधेरो रु ५० हजार
(६३) भुरेनथान खानेपानि रु १ लाख
(६४) सेनि पधेरो रु ५० हजार
(६५) बिजयपुर पश्चिम कुलो रु५० हजार
(६६) जनजागृति महिला समूह रु ५० हजार
(६७) गैराबारि पानी कटान रु २५ हजार
(६८) साबिक ८ वडा भवन शौचालय रु १ लाख
(६९) आत्म निर्भर महिला समूह पुर्व टार पार्क रु ५० हजार
(७०) रामपुर भजन मन्डलि रु ७ लाख
(७१) दुर्गा मन्दिर मर्मत रु ५० हजार
(७२) किसानटोल दुर्गा मन्दिर रु ३० हजार
(७३) दुर्गा मन्दिर हेम्पाएप रु ४० हजार
(७४) गैटार प्रतिक्षालय रु १ लाख
(७५) बाघ व्यवस्थापन रु २ लाख
(७६) कटहर वारि पार्क रु १ लाख
(७७) कालिका मन्दिर डल्ले चौपारि रु १५० हजार
(७८) ठाडि बेल रु २५ हजार
(७९) डल्ले चौपारि मन्च रु १ लाख
(८०) बिरुवा टोल प्रतिक्षालय रु१ लाख
(८१) चुवाडि धारा रु ७० हजार
(८२) भुजेल मन्दिर रु १४० हजार
(८३) मर्मत संभार रु ४५ हजार
(८४) गौतम बुद्ध पार्क तिसमुरे रु २५० हजार
(८५) मनकामना प्रतिक्षालय कालिआप रु ६० हजार