रामतुल्सी माबि को बस सेबा शुभारम्भ

बाेली खबर   १४ भाद्र २०७८, सोमबार १२:५३

रामपुर, पुर्बी पाल्पाको पुरानो शैक्षिक धरोहर रामतुल्सी नमुना माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी स्कुल बस सेवा शुभारम्भ कार्यक्रम गरेकाे छ ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य युबराज खनाल र रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा संयुक्त रुपमा बस सेवाको रिबन काटेर शुभारम्भ भएको गरेकाे हाे । कार्यक्रममा माननीय खनालले बोल्दै आफुले क ख पढेको स्कुलको प्रगतिमा खुशी व्यक्त गर्दै ५ र ६ घण्टा लगाएर आउनु पर्ने तत्कालिन बाध्यता र आज बस सेवा शुभारम्भ गरेर पुर्याएको यातायात सुबिधा र भौतिक सुबिधाले आफ्नो विद्यालय भन्दै गर्दा गर्व लाग्छ अहिलेको संघीय संरचना अनुसार सबै तहले नमुना विद्यालय घोषणा गर्न सक्छ । भन्दै भौतिक संगै शैक्षिक गुणस्तर वृद्धि गर्न र यहाँ नै पढौ भन्ने भावना जागरित गराउनु पर्ने र गर्न सकोस भन्दै शुभेच्छा व्यक्त गर्नु भएको छ ।

त्यस्तै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बोल्दै विद्यालय एक परिवार हो यहाँ विभिन्न प्रकृतिका विद्यार्थी आएका छन् सबैलाइ मिलाएर लैजानु पर्ने चुनौतीका बीच विद्यालय अगाडि बढेको छ भन्दै आवश्यक अनेक हुन्छन पुरा गर्दै जानु पर्ने बताउनु भएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा देबि रानाको स्वागतबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले नमुना विद्यालयको सुचकहरुको र नमुना विद्यालय अन्तर्रगत पर्ने भएकोले आज यसको सुरुवात गर्न गएको बताउदै आबश्यकता अनुसार १९ लाख ६० हजारमा सबै खर्च सहित बस स्कुल भित्र प्रवेश गरेको र यो बस ल्याउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिनुभएको छ । एक फरक प्रसङ्गमा बोल्दै रामपुरबाट बाहिर निस्कन अहिलेबाटो चारै तिरबाट बन्द भएको छ । प्रदेश सरकारले रामपुर-कपुरकोट प्रदेश गौरवको आयोजना न्वारान गरेको छ । यसको बाटोका लागि डिपिर गरि बहुबर्षिय आयोजना अन्तर्रगत रामपुर आर्यभङ्याङ परेकोछ अब को सरकारले यसलाइ प्राथमिकतामा राख्न अनुरोध गर्नु भएको छ । उहाँले कालापानी र लिपुलेक लिम्पियाधुरा राखेर नक्सा ल्याएको सरकार अहिले संविधान अनुसार दलित व्यवस्थापन भएको हाम्रो देशमा अदालतले प्रधानमन्त्री चुनेकोमा दलिय ब्यवस्थालाइ चुनाैती दिएकाे बताउनु भयाे ।

करिब २ हजार माथि विद्यार्थी संख्या रहेको रामतुल्सी माबिमा बस सेवा शुभारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, पुर्ब विद्यार्थी, शिक्षक, अभिभावक, राजनीति दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबि, संघ सस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम  विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो । विद्यालयमा हाल कृषिबाली बिज्ञान, बिज्ञान, व्यवस्थापन सङकाय पढाइ हुदै आएको छ।