रामपुर-आर्यभज्याङ्ग सडक खण्ड ‘हरिविजोग’ संसाद खनाल

बाेली खबर   १४ भाद्र २०७८, सोमबार १५:१९

रामपुर, लगातर परेको बर्षाले रामपुर आर्यभज्याङ्ग सडक खण्ड ‘हरिबिजोग’ रहेको पाल्पा क्षेत्र १ का प्रदेशसभा सदस्य युवराज खनालले बताउनु भएको छ । पूर्वी पाल्पाकै पहिलो नमूना बिद्यालय रामतुल्सी माविको बस उद्घानको एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि पूर्वमा रहेको रामपुर जिल्लाकै ठूलो उपत्यका मानिन्छ ।

२०५१ सालमा रामपुर आर्यभज्याङ्ग सडक खोले पनि अहिले सम्म २ लेन सम्मको बाटो फराकिलो बनाउन नसक्नु हामीसबैको कमजोरी भएको बताउनु भयो । अहिलेको लगातर बर्षाले सबै बाटो भत्किएका छन् । ओटाशिल गरेर बनाएको बाटो अहिले ‘हरिविजोग’ छ वहाँले भन्नु भयो ।

रामपुरबाट बाहिर निस्कन अहिलेबाटो चारै तिरबाट बन्द भएको छ । प्रदेश सरकारले रामपुर कपुरकोट प्रदेश गौरवको आयोजना न्वारान गरेको छ । यसको बाटोका लागि डिपिर गरि बहुबर्षिय आयोजना अन्तर्रगत रामपुर आर्यभङ्याङ परेकोछ अब को सरकारले यसलाइ प्राथमिकतामा राख्न अनुरोध गर्नु भएको छ । उहाँले कालापानी र लिपुलेक लिम्पियाधुरा राखेर नक्सा ल्याएको सरकार अहिले संविधान अनुसार दलित व्यवस्थापन भएको हाम्रो देशमा अदालतले प्रधानमन्त्री चुनेकोमा दलिय ब्यवस्थालाइ चुनौती दिएको बताउनु भयो ।