
पाल्पा, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशन पाल्पाकाे माथागढी वडा नं. ३ बाहेक अन्य वडामा सम्पन्न भएको छ ।
महाधिवेशनका लागि जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका ८१ वडामा सोमबार अधिवेशन सुरु भएको थियो । महाधिवेशन तालिका अनुसार भदौ १८ गते निर्धारण गरिएको वडा अधिवेशन पाल्पा सहित २१ जिल्लामा क्रियाशिल सदस्य विवादका कारण अधिवेशन सुरु हुन सकेको थिएन । अधिवेशन सम्पन्न भएका पाल्पाका ७८ वटा वडा मध्ये बगनासकाली गाउँपालिका २ बाहेक अन्यमा सर्वसहमति बाट सम्पन्न भएको थियो । वडा नं. २ मा मतदान भएको थियो ।
अधिबेसनबाट प्राप्त विवरण अनुसार निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङको सभापतिमा जगत सिंजाली, वडा नं. २ सहलकोटको सभापतिमा चुम बहादुर राना, वडा नं. ३ झिरुबासको सभापतिमा धन बहादुर खण्डलुक, वडा नं. ४ मित्यालको सभापतिमा मिन बहादुर सुनारी, वडा नं. ५ गल्धाको सभापतिमा श्याम खण्डलुक, वडा नं. ६ अर्चलेको सभापतिमा गगन खन्गाहा, वडा नं. ७ ज्यामिरकोे सभापतिमा मोहन राक्से सहित क्षेत्रिय प्रतिनिधि तथा सम्पूर्ण वडा समिति सर्वसहमतिमा चयन भएको हो ।
रामपुर नगरपालिकाको वडा नं १ सभापतिमा दान वहादुर मल्ल, वडा नं. २ को सभापतिमा देव बहादुर राना, वडा नं ३ को सभापतिमा प्रकाश ज्ञवाली, वडा नं ४ को सभापतिमा थर्क वहादुर राना, वडा नं ५ सभापतिमा दुर्गा प्रसाद पाेखरेल, वडा नं ६ सभापतिमा गोविन्द प्रसाद देवकोटा, वडा नं ७ सभापतिमा दुर्गा प्रसाद भट्टराई, वडा नं ८ को सभापतिमा कालु थापा, वडा नं. ९ को सभापतिः डिल वहादुर राना र वडा नं. १० को सभापतिमा विजय राना चयन हुनु भएको छ ।
पूर्वखोला गाउँपालिकाको वडा नं. १ सिलुवाको सभापतिमा मनोज श्रेष्ठ, वडा नं. २ जल्पाको सभापतिमा रन बहादुर रखाल, वडा नं. ३ रिंग्नेरहको सभापतिमा उमान सिं सारु, वडा नं. ४ देबिनगरको सभापतिमा गिर बहादुर लाम्काहा, वडा नं. ५ बिरकोटको सभापतिमा पुर्ण बहादुर सारु र वडा नं. ६ हेक्लाङको सभापतिमा इन्द्र बहादुर ढेंगा सहितको टिम सर्वसहमतिमा चयन भएको हो ।
माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको सभापतिमा शिव प्रसाद घिमिरे, वडा नं. २ रुप्सेको सभापति रामचन्द्र नेपाल, वडा नं. ४ झडेवाको सभापतिमा भुवन सारु, वडा नं. ५ हात्तीलुङको सभापतिमा बेल बहादुर ढेंगा, वडा नं. ६ गोठादीको सभापतिमा युवराज ठाडा, वडा नं. ७ रहबासको सभापतिमा मुनप्रकाश राना र वडा नं. ८ बहादुरपुरको सभापतिमा ज्ञान बहादुर ढेंगा चयन हुनु भएको छ । वडा नं. ३ मा छनौटको प्रयास भैरहेको छ अध्यक्ष सन्ताेष कुमार थापाले बताउनु भयाे ।
त्यस्तै रम्भा गाउँपालिकाका सबै वडाहरुमा पनि सर्वसहमतिमा चयन भएको छ । वडा नं. १ हुँगीको सभापतिमा विष्णु बहादुर पछाई, वडा नं. २ फोक्सिङ्कोटको सभापतिमा हुम बहादुर पाडे, वडा नं. ३ पिपलडाँडाको सभापतिमा सुर बहादु राना, वडा नं. ४ हुमिनको सभापतिमा चेतनारायण श्रेष्ठ र वडा नं. ५ ताहुँको सभापतिमा विष्णु थापा निर्वाचित हुनु भएको क्षेत्र नं. १ पाल्पाका सभापति सन्तोष कुमार थापाले जानकारी दिनुभयो ।
बगनासकाली गाउँपालिकामा पनि वडा अधिवेशन सकिएको छ । वडा नं. १ चिर्तूङधाराको सभापतिमा टेक बहादुर राना, वडा नं. २ पोखराथोकको सभापतिमा सीता गैरे, वडा नं. ३ नायरनम्तलेसको सभापतिमा उदय घिमिरे, वडा नं. ४ खानीछापको सभापतिमा हुतमान सिं दर्लामी, वडा नं. ५ दर्लमडाँडाको सभापतिमा नन्दकिशोर अमात्य, वडा नं. ६ यम्घाको सभापतिमा लक्ष्मी प्रसाद अधिकारी, वडा नं. ७ खानीगाउँको सभापतिमा गुन बहादुर बुढाथोकी, वडा नं. ८ बराङदीको सभापतिमा गणेश प्रसाद बस्याल, वडा नं. ९ चाप्पानीको सभापतिमा चिन्तामणी बस्याल चयन हुनु भएको नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश क का प्रदेश संयोजक कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो ।
तानसेन नगरपालिका वडा नं. १ को सभापतिमा शिव चन्द्र खनाल, वडा नं. २ को सभापतिमा विनायक मर्हजन, वडा नं. ३ को सभापतिमा पुश्कर रेग्मी, वडा नं. ४ को सभापतिमा सुरेन्द्रमान कर्माचार्य, वडा नं. ५ को सभापतिमा दिनेश खड्का, वडा नं. ६ को सभापतिमा रवि गुरुङ्ग, वडा नं. ७ को सभापतिमा प्रदिप खनाल, वडा नं. ८ दमकडाको सभापतिमा मोहनलाल कार्की, वडा नं. ९ मदनपोखराको सभापतिमा यमनाथ रेग्मी, वडा नं. १० तेल्धाको सभापतिमा दिपक कार्की, वडा नं. ११ बन्दीपोखराको सभापतिमा यादव सिंह कार्की, वडा नं. १२ बौघापोखराथोक सभापतिमा धन वहादुर वाकावल, वडा नं. १३ बौघागुम्बाको सभापतिमा किशोर भट्टराई, वडा नं. १४ अर्गलीको सभापतिमा दधीराम न्यौपाने निर्वाचित हुनु भएको हो ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. १ सिद्धेश्वरको सभापतिमा शालिकराम ज्ञावली, वडा नं. २ सोमादीको सभापतिमा चिरञ्जीवि पोखरेल, वडा नं. ३ भुवनपोखरीको सभापतिमा भोजराज पन्थी, वडा नं. ४ छहराको सभापतिमा बुद्धि बहादुर रायमाझी, वडा नं. ५ मुझुङको सभापतिमा अम्मर बहादुर कार्की, वडा नं. ६ जुठापौवाको सभापतिमा दिपक पौडेल, वडा नं. ७ बल्ढेङगढीको सभापतिमा गिर बहादुर बगाले र वडा नं. ८ सत्यवतीको सभापतिमा थमन बहादुर थापा चयन हुनु भएको नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति राम बहादुर कार्कीले जानकारी दिनुभयो ।
रिब्दीकोट गाउँपालिकाको वडा नं. १ ख्याहाको सभापतिमा पद्म प्रसाद न्यौपाने, वडा नं. २ देउरालीको सभापतिमा ओम प्रसाद पोखरेल, वडा नं. ३ खस्यौलीको सभापतिमा गोविन्द आचार्य, वडा नं. ४ भैरवस्थानको सभापतिमा कमल पोखरेल, वडा नं. ५ कुसुमखोलाको सभापतिमा हिराधर आचार्य, वडा नं. ६ ठिमुरेको सभापतिमा भरत जिसी, वडा नं. ७ पालुङमैनादीको सभापतिमा कृष्ण बहादुर कुँवर, वडा नं. ८ फेकको सभापतिमा भिम बहादुर ज्ञावली चयनहुनु भएको छ ।
तिनाउँ गाउँपालिका वडा नं. १ कचलको सभापतिमा हस्त वहादुर रास्कोटी, वडा नं. २ दोभानको सभापतिमा दुर्गा वहादुर थापा, वडा नं. ३ झुम्साको सभापतिमा निर्मल बस्याल, वडा नं. ४ सत्यवतीको सभापतिमा देव सिंह सुनारी, वडा नं. ५ कोलडाँडाको सभापतिमा यम वहादुर रास्कोटी, वडा नं. ६ मस्यामको सभापतिमा टोप वहादुर पुन निर्विरोध चयन हुनु भएको हो ।