‘गठबन्धन’ लेनदेन नमिल्दाको दिन सकिन्छः ठाकुर गैरे (भिडियाे)

बाेली खबर   २४ भाद्र २०७८, बिहीबार १२:४६

नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी फुटाउनका लागि जुन अध्यादेश जारी गर्ने अभ्यास भयो त्यो अत्यन्तै दुःखद कुरा हो । मध्यवादी चुनाब अझै पनि जिवितै रहेको बताएका छन् ।

बोली खबरसंग कुराकानी गर्दै केन्द्रीय सदस्य गैरेले नेताको पक्ष होईन म पार्टीको पक्षमा सधै उभिएकोछु । प्रतिनिधी सभाको विघटन संवैधानिक नभएको भन्दै बदर हुनु पर्छ भन्ने अभियानमा लागेको स्वीकर गरेका छन् ।

एमसिसि नेपालको राष्टिय हितका भन्दा विपरित भएका, लागि, जनताको चाहना अनुसार केही बुदाँहरु संशोधन गरि कार्यन्वयनमा जानु राम्रो भएको बताए । यो विषयमा शत प्रतिशत ठिक र शत प्रतिशत बेठिक भन्ने आँखाबाट बहस नगर्न अपिल गरेका छन् ।
नेकपा समाजवादी पार्टीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई सधै सर्मथन गर्ला भन्ने प्रश्नमा नेता गरैले यो गठबन्धन सरकारको आयु धेरै नहरेको बताएका छन् ।

एउटै विचार, सिद्दान्त, दर्शन, लक्ष्य बोकेको पार्टीको एकता जोगउन सकेन भने जुन गठबन्धनको सैद्धान्तिक, बैचारिक जग छैन त्यसको आयु लामो नहुने बताएका छन् ।

गठबन्धन, लेनदेन मिलीन्जुल सम्म मिल्छ, लेनदेनमा नमिल्दाको दिन सकिन्छ । नेपालको राजनीति निश्चित नेतृत्वहरुले लेनदेनको आधारमा सत्ता टिकाउने र ढल्ने यो हाम्रो लागि दुर्भाग्य बताएको बताए । पार्टी फुटाउनका लागि जुन अध्यादेश जारी गर्ने अभ्यास भयो यो अत्यन्तै दुःखद कुरा हो । मध्यवादी चुनाब अझै पनि जिवितै रहेको बताएका छन् ।

यसै विषयमा केन्द्रित रहेर हामीले नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेसँग कुराकानी गरेका छौं।

फाेटाे/भिडियाेः प्रेमकान्छा मगर