रामपुर-निस्दी र पूर्वखाेलाकाे सम्पर्क मञ्च गठन

बाेली खबर   २७ भाद्र २०७८, आईतवार १७:३६

रामपुर, नेपाल कम्युनिष्ट पाटी एमाले रामपुर नगर कमिटीको आयोजनामा रामपुरमा निस्दी, पूर्वखोला सम्पर्क मञ्चको विस्तारित भेला सम्पन्न भएको छ । भेलाले रुद्रनारायण श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय सम्पर्क मञ्च कमिटी गठन गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य माननीय युवराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले रामपुरमा निस्दी, पूर्वखोलाबाट स्थायी तथा अस्थायी रुपमा बसोबास गरेका समुदायहरुको भेलाले २३ सदस्यीय कमिटी गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै खनालले रामपुर, निस्दी र पूर्वखोलाको संयुक्त प्राररम्भिक कमिटी बन्नु नै ऐतिहासिक भएको बताउनु भएको छ । कमिटीलाई सफलताको शुभकामना दिर्दै अब बन्ने कमिटीले सबैको भावना बुझेर काम गर्ने विश्वास लिएको बताउनु भयो ।

भेलामा अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले अव आउने निर्वाचनमा यो कमिटीको महत्वपूर्ण भुमिका खेल्नछ भन्नेमा विश्वस्त रहेको बताउनु भयो । भेलामा, लुम्बिनी प्रदेश कमिटी सदस्य देवीलाल लामिछाने, नेकपा एमाले नगर इन्चार्ज राजुप्रसाद श्रेष्ठले सफलताको शुभकामना ब्यक्ति गर्नु भयो । कार्यक्रम नेकपा एमाले रामपुर नगर संयोजक विष्णु प्रसाद रेग्मीको अध्यक्षता तथा सचिव किर्तीनाथ श्रेष्ठको संचालनमा भएको थियो ।