त्रिभुवन विमानस्थलमै केडीसी हस्पिटलकाे पिसिआरको सुविधा

बाेली खबर   २९ भाद्र २०७८, मंगलवार १५:५९

पाल्पा, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न मुलुकहरुमा जानेका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा र्यापिट पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ।

केडीसीले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने बताएको छ । पछिल्लो समयमा नेपालबाट विमानस्थल हुदै बाहिरिने व्यक्तिहरुका लागी ७२ घण्टा (३ दिन) र विमान उड्नुभन्दा ४ घण्टा भित्रको पिसिआरलाई अनिवार्य गरेसँगै जाँच गराउनेहरुको घुइँचो दिनानुदिन बढिरहेको छ। यसै कुरालाई मध्यनजर गर्दै यस अस्पतालले विमानस्थल परिसर भित्र यो सुविधाको विस्तार गरेको हो ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विदेश जानेहरुका लागि लक्षित गरेर अत्याधुनिक मेसिन जडान गरी ३० मिनेटमै रिपोर्ट दिन सक्ने बताए । उनले आफूहरुले गुणस्तरमा ध्यान दिदै अरु भन्दा छिटो, भरपर्दो र सर्वसुलभ मूल्यमा सेवा उपलव्ध  हुनेछ।