
तुलबहादुर अधिकारी, बिश्वलाइ थलाथला पारेको कोभिड १९ ले हाम्रो समाज पनि अछुतो छैन । दैनिक दर्जनौँ र सयौँ संख्यामा मृत्यु हुने र हजारौँ संख्यामा सङ्क्रमित हुने क्रम छ । यस बिच सरकारले लकडाउनको अन्त्य गरेको छ र चाडबाडहरु नजिकिदै गरेको अवस्थामा सङ्क्रमित संख्यामा बृद्धी हुने स्वभाविक छ । यसबाट बाँच्नु र बचाउनु सरकार र हामी सबै सरोकारवालाहरुको कर्तव्य र जिम्मेवारी पनि हो । सबै भन्दा बढी संबेदनशिल हुनुपर्ने बालबालिकाको स्वास्थ्यमा अहिले विभिन्न लहड र अदृश्य स्वार्थमा डुवेर कुनै विशेष मापदण्ड नअपनाइ विद्यालय खोल्ने प्रतिस्प्रधा चलेको देख्दा अति चिन्तित बनेको अवस्था छ ।
यतिबेला उमेरले पाका र जिम्मेवार मानिसहरु समेत स्वास्थ मापदण्ड नअपनाइ लापरबाही गरिरहेको अवस्थामा हाम्रा साना नानीहरुबाट त्यसको पालनाको अपेक्षा गर्नु पनि भ्रमपुर्ण हुनेछ । बिश्वबिद्यालय र ११/१२ को परीक्षा लिन नमानेर खोप नलाइ परीक्षा लिन्नौ भन्ने शिक्षक तथा बिद्यालयका कर्मचारीलाई हाम्रो खोप लाउन नपाएका अबोध नानीहरुको चिन्ता नभएको देख्दा अत्यन्त पिडाबोध भएको छ, तसर्थ जीवन रहे सबै रहन्छ, अझै घरघरमा कोरोना छ त्यसबाट बालबालिका बचाउनका लागि यहि अवस्थामै बिद्यालय खोल्नु आत्मघाती हुनेछ सबैको ध्यान जाओस ।
अहिलेको अवस्थामा विद्यालय खोल्नु विद्यार्थिको भविश्यको लागि भोलीका लागि आवश्यक हो तर स्वास्थ्य विना केहि हुदैन स्वास्थ्य मापदण्ड अपनायर गरिनु पर्नेमा विना स्वास्थ्य मापदण्ड विद्यालयमा पठनपाठन गराउनु आवश्यक छ । कोभिडबाट आफ्नै परिवार गुमाइसकेको अवस्थामा म कसरि सन्तानलाई विद्यालय पठाउन सक्छु । यदि यस्तो परिस्थीतिमा कसैलाई केहि भयो भने यसको जिम्मा कस्ले लिन्छ ? मेरो जस्तै लाखौँ सन्तानहरुको स्वास्थको जिम्मा कस्ले लिन्छ सरकार ?
लेखकः अधिकारी युवा संघ नेपाल, लुम्बिनी प्रदेश इन्चार्ज हुनुहुन्छ ।