नेकपा एकीकृत समाजबादी रामपुर पाल्पाकाे भेला सम्पन्न

बाेली खवर   ३ आश्विन २०७८, आईतवार ०९:३७

रामपुर, नेकपा एकीकृत समाजबादी रामपुर पाल्पाको भेला बसेको छ ।
भेलामा मुख्य पाहुना सङ्घिय साम्सद तथा पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले क्युनिष्ठ पाटिका चिनका नेताले भनेको कुरालाई कुल्चियर भारतको कुरालाई अगालेर अघि बढ्दा देशमा यस्तो परिष्थिति केपि ओलिले ल्यायको आरोप लगाउनु भयो ।ओलिमा सैद्धान्तिक ज्ञान नभएको आफैमा कमजोर हुन भन्दै बाल्यकाल देखिको बानि अहिले सम्म रहेको भन्नू भयो ।

नेकपा एकीकृत समाजबादिका केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मि गैह्रेले बोल्दै हिजाे हामीले बिश्वास गरेको र पाटिमा विद्रोह निम्ताएको एकालेले नै हो भन्नू भयो । जिल्ला सल्लाहाकार सदस्य लेखनाथ पोखरेलले बोल्दै जनतालाई भगवानको संज्ञा दिदै पाटिको अस्तित्व जोगाउन अब नेकपा एकीकृत समाजबादी अघि बढेको बताउनु भयो ।

जिल्ला कमिटी अध्यक्ष खिमानन्द पाण्डेले बोल्दै देशको संबिधान र पार्टीको विधानलाई लत्यायर अघि बढेको काम प्रति विरोध गर्दै हामी ईमान्दार भएर पाटिलाई बलियो बनायर अघि बढ्नु पर्छ भन्नू भएको छ । जिल्ला कमिटी सदस्य मोहन गैह्रेले बोल्दै लोकतन्त्र संबिधान, को रक्षाको निम्ति र स्वाभिमान बचाउन हामी लागेको बताउनु भयो ।

नेकपा एकीकृत समाजबादी पाटिका रामपुर संयाेजक तथा जिल्ला कमिटी सदस्य फणेश्वर गौतमको अध्यक्षतामा भेला बसेको हो । जिल्ला कमिटी सदस्य बिनोद श्रेष्ठको स्वागतबाट शुरु भएको भेलामा पाटीको विधान र पद्वतिलाई कुल्चेर अगाडि बढेको ले आज हामी यसरी अगाडि बढ्नु पर्ने स्थिति आएको बताउनु भयो । कार्यक्रम को सन्चालन जिल्ला उपसचिव कमल सेनले गर्नु भएको हो ।