नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रामपुरकाे श्रद्धाञ्जली सभा

दानस मल्ल   ३ आश्विन २०७८, आईतवार ०९:४८

रामपुर, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रामपुर पाल्पाले श्रद्धाञ्जली सभा सम्पन्न गएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु प्रसाद पोखरेलको निधन भएको एघारौं दिनको पुन्यतिथिको अबसरमा श्रद्धाञ्जली सभा गरेको हो।

नेपाल राष्ट्रिय  शिक्षक सङ्गठन रामपुर का अध्यक्ष सागर प्रसाद भण्डारीको अध्यक्षता मा भएको सभाको मुख्य पाहुना पुर्ब भुमिसुधार मन्त्री एवम सङ्घिय साम्सद दल बहादुर राना रहनु भएको हो। कार्यक्रममा शोक मन्तब्य दिनुहुदै मुख्य पाहुना रानाले” बिष्णु सर एक बहुआयामिक प्रतिभाशाली ब्याक्तित्व हुनुहुन्थ्यो ।वहाको असामयिक निधनले शैक्षिक तथा सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको छ।

यो क्षति परिपुर्ति गर्न का लागि हामी सबै वहाले दिनु भएको शिक्षालाई व्यबहार मा लागू गर्न सक्नु पर्छ। अनि मात्रै वहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्नू भयो। शोक सभा मा प्रदेश साम्सद युबराज खनाल ,नेकपा एमाले क्षेत्र नम्बर १ का सम्योजक बुद्धिराज गौतम, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति देबराज ढकाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पाल्पा उपाध्यक्ष डोलराज पाण्डे, बालहित मा बि निस्दी १ का प्रधानाध्यापक नवल सिङ्ग बिरर्कट्टा, शिक्षक महासङ्ग पाल्पाका सहसचिव पशुपति खनाल, सहिद क्याम्पस का प्राध्यापक त्रिबिक्रम खनाल लगायतले शोक मन्तब्य राख्नु हुँदै स्वर्गीय पोखरेलले शैक्षिक क्षेत्रमा खेल्नु भएको योगदानको चर्चा गर्नु भएको थियो। सहिद क्याम्पस को सभाहलमा भएको कार्यक्रमको सन्चालन नगर समिती सचिब रामभक्त पराजुलीले गर्नु भएको हो ।