रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने कालीगण्डकीमा बेपत्ता

बाेली खवर   ३ आश्विन २०७८, आईतवार १६:५४

दानस मल्ल,

रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने ब्यक्ती कालीगण्डकी मा बेपत्ता भएका छन। घिरिङ्ग गाउ पालिका वडा नम्बर १ पुट्टार तनहुँ निवासी अन्दाजी वर्ष ४८ का बिष्णु भक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समय मा पुल बाट हाम फालेर बेपत्ता भएका हुन।

रामपुर को बेझाडमा होटल ब्यबसाय गर्दै आएका सिग्देल आज मात्रै पुट्टार स्थित आफ्नो घर आएको र आफू चढेर आएको मोटर साइकल,मोटरसाइकलको चाबी,बिलबुक,पर्स समेट बाइकमै राखेर पुल बाट हाम फलेको कुरा प्रहरी चौकी पुट्टारका प्रमुख पदम बहादुर कुमाल ले जानकारी गराउनु भयो।बेपत्ता भएका सिग्देल को खोजी कार्य जारी रहेको स्थानिय नारायण सिग्देलले बताउनु भयो