सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न

बन्दना पाेखरेल   ३ आश्विन २०७८, आईतवार १८:२४
“कृषि पर्यटन बिकास ६ न वडा बिकास समृद्धि को आधार” भन्ने नारा सहित जेष्ठ नागरिक भेला सम्पन्न भएको छ । सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न भएको हो ।
वडा न ६ का वडा सदस्य थिरलाल ढकालको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अथिति रहनु भएको छ । प्रमुख अथिति थापाले बोल्दै जेष्ठ नागरिक जिउँदो भगवान हो भन्दै जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्ने बताउनु भएको छ । उहाँले जेष्ठ नागरिकलाई समय विताउन र दुख सुख का कुरा गरि दिन विताउनका लागि जेष्ठ नागरिकग्राम बनिरहेको जानकारी गराउनु भएको छ ।
वडा न ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । कार्यक्रमको जानकारी गराउदै अध्यक्ष न्यौपानेले वडाको १ लाख ५० हजार जेष्ठ नागरिकका लागि लक्षित बजेट रहेको जानकारि गराउदै यो रकम कसरि कहाँ खर्च गर्ने भन्ने विषयमा सल्लाह सुझाव माग्नु भएको थियो । कार्यक्रममा वडा सल्लाहकार देबराज ढकाल , समाजसेवी दुर्गा देबि पोखरेल, नेपाली काङ्ग्रेस वडान ६ का सभापति गोबिन्द देबकोटाले बोल्दै संविधानको कार्यान्वयन गर्न आबश्यक रहेको बताउदै यसको अबसरमा जेष्ठ नागरिक भेला हुने नै उत्तम भएको बताउनु भएको छ ।
नेपाल महिला संघ क्षेत्रीय सभापति बिष्णु माया ढकालले बोल्दै वडाले युबाहरु बिदेशीने क्रम बढिरहेको बेला आर्थिक उपार्जनमा लाग्दै बा आमा स्याहार सुसार गर्ने बाताबरण शृजना गर्न आग्रह गर्नु भएको छ । जेष्ठ नागरिक हरि प्रसाद शर्मा गैरे,नारायण प्रसाद रेग्मि, रामप्रसाद लम्साल,पण्डित दिननाथ भण्डारीले के गर्दा उपयुक्त हुन्छ भनी आफ्ना सल्लाह सुझाव राख्नु भएको थियो ।
अाजै वडाका सबै भन्दा जेष्ठ नागरिक एक सय बर्ष पार गर्नु भएका सुब्बा लोकनाथ रेग्मिलाई सम्विधान दिवसको अवसरमा सम्मान गरिएको छ । उहाँको सम्मान ग्रहण धर्म पत्नि तिलकुमारि रेग्मिले गर्नु भएको छ ।
भेलाबाट वडा जेष्ठ नागरिक मञ्च गठन भएको छ । कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्सीय मञ्च गठन भएको हो । उपाध्यक्ष हुमा देबकोटा सचिब घनश्याम देबकोटा , कोषाध्यक्ष इन्द्र कुमारि पौडेल रहनु भएको छ । त्यस्तै गरि सदस्यहरुमा मेधनीलाल पगेंनि , टिकाराम ढकाल, कृष्ण प्रसाद ढुंगाना, प्रेमलाल कुमाल, तुलसि प्रसाद भण्डारी , दामोदर भण्डारी , नारायण बहादुर कुमाल रहनु भएको हो ।
त्यस्तै गरि वडा जेष्ठ नागरिक सल्लाहाकार सदस्यमा देवराज ढकाल, दुर्गा देवि पोखरेल, तिल कुमारी उपाध्यक्ष, रामप्रसाद उपाध्यक्ष , दिननाथ भण्डारी , राधा आचार्य, विमल प्रसाद भण्डारी, नारायण प्रसाद रेग्मी, लोकनाथ खनाल वडामा २५० जना जेष्ठ नागरिकको संख्या रहेकोमा भेलामा १५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको हो ।