
पाल्पा, नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं. ८ पाल्पाले अग्रजलाई सम्मान गर्दै पार्टी कार्यालय स्थापना गरेको छ । पिल्टारमा वडा समितिको कार्यालय स्थापना संगै प्रजातन्त्र स्थापना देखि हाल सम्म समाज र पार्टीलाई योगदान दिएका वडाका ७० वर्ष माथिका १ सय २२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
नवनिर्वाचित कार्यसमितिले संविधान दिवसको अवसरमा कार्यक्रम गरी जेष्ठ नागरिकहरुलाई दोसला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । पार्टी कार्यालय उट्घाटन संगै जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक भगवान समान रहेको बताउनुभयो । जेष्ठ नागरिकहरुको त्याग र समर्पण कै कारण समाज रुपान्तरण संगै र पार्टी अहिलेको अवस्थामा आएको बताउनुभयो । पछिल्लो समय युवा पुस्ता राजनितीमा आउनु सुखद् पक्ष रहेको बताउँदै युवाहरुले जेष्ठ नागरिकहरुको अनुभव र सुझावलाई शिरोपर गर्दै अघि बढेमा सदा सफलता प्राप्त हुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकाल, नेपाली कांग्रेसका महासमिति सदस्य ज्ञान बहादुर गाहा, कार्यक्रममा नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति विष्णु मायाँ ढकाल, नेपाली कांग्रेस क्षेत्र नं. १ का सदस्य एवं नगर प्रवक्त हुमनाथ न्यौपाने, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराई, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठनका अध्यक्ष सन्दिप राना, रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, रामपुर नगरपालिका ८ का वडा अध्यक्ष बोम बहादुर नाम्जाली लगाएतले अाफ्ना भनाइ राख्नु भएकाे थियाे। नेपाली कांग्रेस रामपुर ८ का सभापति कालु थापाको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति गंगा बहादुर आचार्यको स्वागत, सचिव भुवन अर्याल र लोक बहादुर रामजालीको सञ्चालनमा भएको हो ।