नेताको दबावमा नपर्न कार्यकर्तालाई आग्रहः सोम प्रसाद पाण्डे (भिडियाे)

बाेली खबर   ५ आश्विन २०७८, मंगलवार १०:११

पाल्पा, कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा नेकपा एकीकृत समाजवादीमा सक्रिय भएका नेता सोमप्रसाद पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा आफू बालकोटबाट फर्किँदा अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै केपी ओलीसँग बिदा भएको बताएका छन् ।

बोली खबरसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ ८ गते राति १ बजेसम्म आफू र रघु पन्त ओलीलाई मनाउन बालकोटमा बसेको बताए । माधव नेपाललाई पार्टीमै अड्याउन आफ्नो प्रयास सफल नभएपछि आफू एमालेमा नरहने जानकारी दिएर हिँडेको र अध्यक्ष ओलीले ‘त्यस्तो गल्ती नगर्न’ आफूलाई आग्रह गरेको पाण्डेले सुनाए ।

अध्यक्ष ओलीले कारवाही फिर्ता नहुने भनेपछि आफू बिदा भएर हिँडेको तर पार्टी एकताको लागि वातावरण बनाएर आउँछु भन्दै बिदा भएको उनले जानकारी दिए ।

‘मलाई हिँड्ने बेलामा पनि उहाँले सोम कमरेड त्यो गल्ती (पार्टी छाड्ने) नगर्नुस् है भन्नुभएको थियो तर मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो’ पाण्डेले अन्तिम रातको संवाद सुनाउँदै भने साथै कसैको दबावमा नपर्न कार्यकर्तालार्इ आग्रह समेत गरेकोछ ।

यसै विषयमा केन्द्रित रहेर हामीले नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका सोम प्रसाद पाण्डेसँग कुराकानी गरेका छौं।

फाेटाे/भिडियाेः प्रेमकान्छा मगर