
पाल्पा, कार्तिक ७ २०७७, पाल्पा निस्दी ५ गल्धा, कठैडाँडामा पिकअप भ्यान दुर्घटना भएको छ ।
रामपुर देखि निस्दी ५ बेलौजी सामान विक्री गरी धनुबास हुदै रामपुर फार्किदै गर्दा दुर्घटना भएको हो ।
लु १ च ९६२७ नम्बरको पिकअप भ्यान बाटोबाट करिब १ सय मिटर तल खसेको गाडीधनी किर्तीनाथ श्रेष्ठले बताए । दुर्घटनामा परि निस्दी ३ झिरुबासका चालक अन्दाजी बर्ष २६ का ठग बहादुर रुचाल, सोही ठाउँका सह चालक बर्ष १९ का अनिल खरु र बर्ष २२ का मोतीराम सोती घाईते भएका छन् । घाईते सबैलाई लुम्बिनी मेडिकल कलेज प्रभास लागिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
तस्विरः दिपक अर्यालको फेसबुकबाट