
पाल्पा, कम्युनिस्ट पार्टी एमाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेकपा एमालेका उपमहासचिव एब पुर्ब अर्थमन्त्री बिष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमाले पाल्पाको अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै नेकपा एमाले अहिलेको प्रमुख प्रतिपक्ष भूमिकामा रहेपनि शिर न्यूर्याउनु पर्ने अवस्था नभएको बताएका छन् ।
भेलालाई सम्बोधन गर्दे पौडेलेले, नेकपा एमाले जनताको विश्वासमा अडिक रहेको भन्दै भोलि मुलुकलाई नेतृत्व गर्ने पार्टी नेकपा एमाले रहेको समेत बताएका छन् ।
केन्द्रिय कमिटी सदस्य लुम्बिनी प्रदेशका सह इन्चार्ज दल बहादुर रानाले बोल्दै अहिले ५ दलित गठबन्धनले एमालेलाइ धारासाहि बनाउन प्रयत्न गरिएको छ । एमाले छिन्न भन्न भएको छ भनिएपनि एमाले घटेको छैन, नेकपा एमाले बाट अलग भएर माधब नेपाल जानु भए पनि उहाँका पछाडी मुल घर छोड्नु भएको छैन ।
अहिले गठबन्धनको सरकारले २ महिना बितिसक्दा पनि सरकार गठन हुन नसक्नु नै गठबन्धन अगाडि बढ्न नसक्ने सङ्केत भएको बताएका छन् ।
केन्द्रिय सदस्य ठाकुर गैरे, पार्टी केन्द्रिय सदस्य दधिराम न्यौपाने, केन्द्रिय लेखा आयोजक कमिटी सदस्य धनेन्द्र राज घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यादव बहादुर रायमाझी, लुम्बिनी प्रदेश कमिटी सदस्य झपेन्द्र जिसि, पालिकाको तर्फबाट तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले बोल्दै आफ्नो भुमिका लागि अडिक हुनु गलत हो भने सधै यस्तै गरिरहने, सपना देख्नु गलत होइन भन्दै पार्टी भित्र व्याक्ति हाबि हुनु गलत रहेको बताएका छन् ।