
पाल्पा , नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको सभापतिमा पुन : नेत्र प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनले मतदान बाट भट्टराईलाई आगामी कार्यकालको लागि चयन गरेको हो ।सभापति संगै उपसभापति, सचिव र सहसचिव छनौट मतदान प्रक्रिया बाट भएको थियो ।
सभापतिमा भट्टराई संगै अर्जुन प्रसाद रेग्मीले पनि उम्मेद्वारी दिनु भएको थियो । उपसभापतिमा देव बहादुर थापा मश्राङ्गी र ज्ञान प्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले र हरि प्रसाद न्यौपाने ,सचिव पदका लागि ४ जनाको उम्मेद्वारी रहेकोमा चिरञ्जीवी सिग्देल र ओम प्रकाश बस्याल निर्वाचित हुनु भएको छ । सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन हुनु भएको छ । त्यस्तै अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।
सदस्यहरुमा खस आर्य बाट काशीनाथ रेग्मी, कृष्ण प्रसाद लम्साल, मोहन भट्टराई, विश्वनाथ कंडेल, आदिबासी जनजाति बाट अञ्जु थापा, तिर्थ बहादुर थापा, थान बहादुर गाहा, मन्जु मानन्धर, यम बहादुर भुजेल, दलित तर्फ बाट अम्बिका देवि सुनार, गणेश सुनार, गौतम बहादुर सुनार, अल्पसंख्यक बाट मोहम्मद अजिम शेख चयन हुनु भएको हो । यता जिल्ला प्रतिनिधिमा बुद्धि प्रकाश रेग्मी, हिमाल मल्ल र सावित्रा गौतम, अपाङ्गहरुको तर्फ बाट क्षेत्रिय प्रतिनिधीमा सीता पंगेनी र युवराज रेग्मी चयन हनुभएको छ ।
त्यस्तै गरी शनीवार पाल्पाका अन्य सवै पालीकामा सभापति लगाएत पदाधिकारी चयन गरिएकाे छ । जसमा नेपाली कांग्रेस निस्दी गाउँपालिकाकाे सभापतिमा पूर्ण बहादुर खाँड, पूर्वखाेलामा बिष्णु अाचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पाेखरेल सर्वसम्मत रूपमा चयन हुनुभएकाेछ। रिब्दीकाेट गाउँपालिकामा मतदानकाे माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित हुनु भएकाे छ भने तानसेन नगरपालीकाकाे स्थगीत गरीएकाे छ ।