
रामपुर, नेपाल कम्यूनिष्ट पार्टी एमालेका संघिय संसाद तथा पूर्व मन्त्री दल बहादुर रानाले नेपालमा कम्यूनिष्ट पार्टीले बाहेक अरु कुनै पार्टीले समाजवादकाे नारा र आर्थिक समृद्धि गर्न नसक्ने बताएका छन् ।
बोली खबरसंग कुरा गर्दै पूर्व मन्त्री रानाले मध्यवादी चुनाब यो गठबन्धन पार्टीले अझै पनि गर्न सक्ने बताएका छन् । अहिले जसरी पार्टी विभाजन भयो यो दुःखद कुरा हो तर पनि नेकपा एमाले अहिले पनि नेपालको ठुलो पार्टी, दल एमाले नै रहेको बताएका छन् ।
नेपालको समृद्ध विकासका लागि कम्यूनिष्ट पार्टी बाहेक अन्य पार्टीसंग नभएको बताएका छन् । हामीले ल्याएको भिजनलाई इन्ल्याउने काम बाहेक अरु गर्न नसकेको बताएका छन् ।
फेरी पनि कम्यूनिष्टहरु एक नभई कुनै सुखै छैन, एकता हुनै पर्छ तर अहिले कसले एकता गर्ने भन्ने विषय हो । एकताको प्रयत्न सानो पार्टीले गरेर पुग्दैन, ठूलो पार्टीले नै यसको महत्वपूर्ण भूमिका खेल्नु पर्दछ ।
पाल्पा क्षेत्र नं. १ बाट पटक पटक संघिय सांसद भएका रानाले आफनो निर्वाचन क्षेत्रको विकास किन भएन ? भन्ने प्रश्नमा पूर्वमन्त्री रानाले पूर्वी पाल्पाका जनतालाई २०५१ साल भन्दा पहिला पूर्वी पाल्पाको भौतिक पूर्वधारहरु, सरकारी कार्यालय तथा अन्य विकासका योजनाहरु कस्ता थिए र अहिले कस्तो छ जनता आफै मूल्यांकन गर्नेछ ।
हाम्रो सरकारले ल्याएको योजना अहिलेको गठबन्धन सरकारले बदर गरेको छ । पूर्वी पाल्पाका लागि धेरै बजेट विशेषतता भौतिक पूर्वधारका योजना थिए त्यो सबै बदर गरेकोमा अत्यन्तै दुखद् रहको बताएका छन् ।
यसै विषयमा केन्द्रित रहेर हामीले नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का संघिय सांसद तथा पूर्वमन्त्री दलबहादुर रानासँग कुराकानी गरेका छौं । (भिडियाेमा)
भिडियाे/फाेटाेः प्रेमकान्छा मगर