रामपुरको आलु किसान माथि शीतभण्डारको लापर्वाही

बाेली खबर   १३ आश्विन २०७८, बुधबार २२:२०

रामपुर, केही महिना अगाडी यमकान्ती गौतमले रु १० लाख बराबरको उन्नत बीउ सहित रामपुरको चिस्यान केन्द्रमा आलु भण्डारण गरेकी थिइन । यस भन्दा अगाडि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि गौतम खुशी भएकी थिइन, विडम्बना केही महिना पछि भने आलुको बीऊ होईन आलुको विरुवा झै निस्किन थाले पछि उनको मनमा चिसो पस्यो ।

स्थानीय सरकारले शीतभण्डार परीक्षणबिना नै आलु भण्डारण गर्नले आलु किसान र्मकामा परेको स्थानीय आलु किसानहरुको गुनासो छ ।
पाल्पाकै ठूलो रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भए पछि किसान उत्साहित हँुदै खेतबारीमा उत्पादन भएको आलु भण्डारण गर्न थाले का थिए तर शीतभण्डारमै आलु उम्रने र बिग्रने भएपछि उनीहरु चिन्तित छन् ।
रामपुर–७ बस्ने यमकान्ती गौतमले चिस्यान केन्द्रमा आलु राखेको नराम्रोसँग फसियो”,उनीले बीउका लागि करिब १३० बोरा आलु शीतभण्डारमा राखेकी थिइन । रु ३६ हजार ४०० रकम भण्डारण खर्च समेत तिरीसकेको बताएकी छिन् । बर्सेनि आलुको बीउ बेचेर रु पाँचदेखि सात लाख आम्दानी गर्ने उनी यस पटक भने शीतभण्डार व्यवस्थापनको लापरबाहीका कारण पीडामा छिन् ।

रामपुर–३ का वडाध्यक्ष समेत रहेका दिनेशकुमार खनालले सुरक्षित होला भनेर राखेको आलु बोराबाटै बाहिर लामा टुसा पलाएको देख्दा गाउँका अन्य किसानलाई कसरी प्रोत्साहन प्रोत्साहन गर्ने, ४७ बोरा आलुको बीउ त म आफै भण्डारण गरेको छु अब मैले किसानलाई कसरी विश्वास दिलाउने शीतभण्डारमा प्राविधिक व्यवस्थापनको तालमेल नहुँदा यस्तो अवस्था आएको बताएका छन् ।

त्यस्तै बीउका लागि भण्डारण गरिएको १०३ बोरा आलु खेर जाने स्थिति सिर्जना भएको लेखनाथ रेग्मीले बोली खबरलाई बताएका छन् ।
पहिलो पटक तथा शीतभण्डार निर्माणको ढिलाइका कारण उपयुक्त समयमा आलु भण्डारण नहुँदा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरि बताएका छन् ।


रामपुर– ५ बेझाड बस्ने मैना श्रेष्ठले तीन बोरा आलु भण्डारण गरेकी थिईन तर अहिले आलु उम्रेको देख्दा उनकोे आलु लगानी सबै खेर गएको बताएकी छिन् । सुरक्षित होला भनेर शीतभण्डारमा राखेको आलु खान लायकको नभएको उनीले बताईन ।
शीतभण्डारमा पहिलो वर्ष प्रयोगमा ल्याउँदा प्राविधिक तालमेल नमिलेकाले समस्या भएको रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने बताएका छन् । “आलु खानयोग्य छैन, बीउको लागि प्रयोगमा पनि आउँदैन तर पूरै कुहिएर बिग्रिएको छ भने त्यसको सम्बन्धित पक्षबाट व्यवस्थापन हुनेछ”,े

नगरभित्र करिब पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको छ । यहाँ उत्पादन भएको आलु बेमौसमी याममा महँगो मूल्यमा बिक्री गर्न सुरक्षित तरिकाले भण्डारण गरिएको थियो ।

रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्त अनुदानमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा शीतभण्डार निर्माण गरिएको हो ।

कृषि उपज भण्डारण गर्न प्रतिकिलो रु ६ शुल्क कायम गरिएको थियो । भण्डारमा फरक–फरक क्षमताका पाँच कोठा छन् । यहाँ दुई तले १० कोठासहितको प्रशासनिक भवन, अपाङ्गमैत्री शौचालय छ । दुई कोठामा आलु भण्डारण गरिएको छ ।

तस्बिरः प्रेमकान्छा मगर