ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे निधन

बाेली खवर   १५ आश्विन २०७८, शुक्रबार १८:५३

आधीखोला गाउँपालिका-५ बरको बोटस्थित सडकमा ग.१ त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीलाइ ठाेकिदा पैदल यात्रीकाे निधन भएकाे छ । आधीखोला गाउँपालिका-५ मा बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको छ ।

बरकाे बुटा मुनि सडकमा रोकी राखेको ट्याक्टर आफै गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएकी बिकको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।