राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृत द्धारा अनुगमन

बाेली खवर   १७ आश्विन २०७८, आईतवार ०७:२२

रामपुर (पाल्पा) । रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञहरु द्धारा अनुगमन गरिएको छ । तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृत श्याम ढकालको दोलिले अनुगमन गरेको हो । उहाँले अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउँनु भएको छ । “आलु उम्रिहाल्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर आलु भण्डारणमा ढिलाइ हुँदा यो समस्या आएको हो, खनेको १५ देखि २० दिनभित्रै भण्डारण गर्नुपर्नेमा करिब दुई महिनापछि मात्रै भण्डारण हुँदा समस्या निम्तिएको हो”, आलुविज्ञ ढकालले बताउनु भएको छ।


देशका ठूला शीतभण्डारणमा पनि यस्तो समस्या देखिएको छ तर समयमै आलु भण्डारण नहुनु, भण्डारणको सापेक्षिक आद्रता नाप्ने मात्रा समयमै नराख्नुजस्ता कारणले समस्या देखिएको उहाँले बताउँनु भएको छ । उम्रिएको आलु बोराबाट झिकेर टुसा फालेर फेरी बोरामा भण्डारण गरी राखेमा उत्पादनमा ठूलो असर नहुने आलुविज्ञ ढकालको भनाइ छ ।
गत वैशाख तेस्रो सातामा सञ्चालनमा ल्याइएको यहाँको शीतभण्डारमा करिब एक हजार ४०० क्विन्टल आलु राखिएको छ। शीतभण्डार निर्माणमा भएको ढिलाइका कारण उपयुक्त समयमा आलु भण्डारण गर्न नसक्दा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँनु हुन्छ ।


रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानका अनुसार कृषकको आलु बिग्रिएर प्रयोग गर्न नमिल्ने भए बजार मूल्य हेरेर क्षतिपूर्तिको व्यवस्था गरिने जानकारी दिनु भएको छ । आलु लगाउने समयसम्म शीतभण्डारमै सुरक्षित साथ भण्डारण गरेर राखिने हँुदा कृषकलाई नआत्तिन नगरपालिकाका प्रवक्ता न्यौपानेको अनुरोध गर्नु भएको छ ।


बीउ आलुबाट राम्रो कमाई हुने भएकाले विगत सात वर्षदेखि व्यावसायिक आलु उत्पादन गर्नुभएकी यमकान्ती गौतम यहाँ भण्डारण गरिएको आलु लगाउन योग्य नहुने कुरा सुनेपछि चिन्तित भएका हुनु भएको छ । “प्राविधिकले टुसाएको आलु लगाउन हुने बताए पनि अझै करिब दुई महिना आलु लगाउन बाँकी भएकाले त्यतिञ्जेलसम्म आलुको खाद्यतत्व सबै नास हुनेछ, हामी व्यावसायिक खेती गर्ने कृषकलाई ठूलो मार परेको छ, हामीलाई नबिग्रएको गुणस्तरिय बीउ आलु नै चाहिन्छ”, उहाँको माग छ ।