दशै गीत ‘बर्बर आँशु’ बजारमा (भिडियाे सहित)

बाेली खबर   १९ आश्विन २०७८, मंगलवार १८:१९

रामपुर,  लोक तथा दोहोरी गायक हुम गैरेको लय तथा शब्द संकलनमा बिशाल मुभिज मार्फत मार्मिक दशै गीत बर्बर आँशु बजारमा आएको छ ।
लोक तथा दोहोरी गायक ईन्द्र जि.सी, गायक अलिफ खान, दिपिका बयम्बु, कमला बि.शी.र गीता सेञ्चुरीको स्वरमा रहेको पछिल्लो समय चर्चामा रहेको छ ।
आयुष्मा कार्की, धिरज खत्री बबिन ठकुरी, रमा ठकुरी, सागर चौहान, मञ्जिला बुढाथोकी लगायतको अभिनय रहेको छ ।
रोजगारीको शिलशीलामा खाडी मुलुक पुगेका नेपाली दाजुभाईले दशैमा घर आउन नपाउँदाको दर्दनाक पिडा गीतको कथा बस्तुमा रहेको छ ।
लोक तथा दोहोरी गायक हुम गैरेको निर्देशन तथा सम्पादन रहेको गीतलाई राम के.सी.ले खिचेका हुन् । काठमाण्डौ र फर्पिङ आसपासमा छायाकंन गरिएको यो गीतले छोटो समय मै सबैको मन जित्ने बिश्वास गरीएको छ ।

भिडियाे हेर्नुहाेस्