
पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाकाे कार्यालयले बुधबार रिङ्नेरहमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गत आ.व.२०७७/७८ मा जम्मा ५१ करोड ७५ लाख ९४ हजार बजेट मध्ये ३९ करोड २७ लाख ३६ हजार (७५.८८५) खर्च भएको बिवरण सार्वजनकि गर्नुभयो ।
सडक पूर्वाधार विकाषमा ९८. ९५ प्रतिशत काम सम्पन्न भएको, उर्जा १०० प्रतिशत , पून निणर्माण १०० प्रतिशत, सम्पदा पूर्वाधार तर्फ ८५.७१ प्रतिशत,कृर्षि / पशु तर्फ ९२.८५ प्रतिशत, उद्योग तर्फ १०० प्रतिशत, भूमी व्यवस्थापक तर्फ ५० प्रतिशत , सहकारीमा १ वटा रहेकोमा सम्पन्न हन नसकेको, जलस्रोत तथा सिचाई १०० प्रतिशत , शिक्षामा १०० प्रतिशत, स्वास्थ्य तर्फ १०० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र ७७.३३ प्रतिशत, वार्षिक प्रशासनिक खर्च ८८.०२ प्रतिशतले काम सम्पन्न भएको बताउनु भयो । स्वास्थ्यसेवा शिक्षा क्षेत्र,कृषी भाैतिक पूर्वाधार, सामुदायिक बिद्धुतिकरण, बजार भाउ लगायतका बिषयमा प्रश्न , जिज्ञसा र सुझावहरु राखेका थिए ।
सहभागीहरुको प्रश्न तथा जिज्ञासाहरुको जवाफ शाखा प्रमुखहरूले दिनु भएको थियो । समर्ग विषय वस्तुको उत्तर दिनुहुँदै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले आफुहरु सुशासन मार्फत समृद्ध पालिका बनाउने अभियानमा लागेको बताउनुभयो । अध्यक्ष थापाले अहिलेको ऐन तथा नीत निर्देशीकाहरुले आफुहरुले चाहँदा चाहँदै पनी राजनैतकि दल,समाजका प्रवुद्धवर्गहरु,नागरीक समाज आदीलाइ गाउँसभामा सहभागी गराउन नमील्ने हुँदा पालकिाका गतविधिहिरु सार्वजनकि गर्न,आम नागरकिहरुसंग अन्तरक्रीया गर्नका सार्वजनिक सुनुवाइ जस्ता फोरमहरु उपयोग गरेर अगाडी बढ्ने बताउनुभयो ।
प्रश्नहरुको जवाफ दिने क्रममा प्रमुख प्रशासकीय अधकिृत पनेरुले आफूहरु जनतासंग समन्वय गरेरै अगाडी बढ्ने र पालीका,वडा लगायतका बिषयगत कार्यालयहरुबाट गरीने सेवाप्रवाह जनताहरुकै अधीकतम सहजतामा होस भन्ने चाहेको बताउनुभयो । उहाँले भन्नुभयो(ूकार्यालयबाट सेवा लिने क्रममा कर्मचारीहरुबाट कुनै अनयिमतिता वा अनुचीत कुराहरु भएमा लेखेर सुझावपेटीमा खसाल्ने होइन । कुनै संकोच नमानी मसंग सिधै आउनुहोस् । म सम्बन्धति कर्मचारीलाई के गर्नुपर्ने हो तपाईंहरुकै अगाडी गर्छु भन्नु भयाे ।
बिभिन्न क्षेत्रका ७० जना भन्दा बढीको सहभागीता रहेको थियाे । गाउँपालीकाका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भागरिथी भट्टराईको स्वागत मन्तव्य रहेको थयिो । पत्रकार करिण कौशलले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीहरुका प्रशासनिक तथा कार्यालय व्यवस्थापनसंग सम्बन्धित प्रश्नको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत पनेरू र बिकास निर्माण तथा नीतिगत प्रश्नको सम्बन्धमा अध्यक्ष थापाले जवाफ दिनुभएको थियाे ।