
पाल्पा/ नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगरपालिकाको कार्यकर्ता भेला तथा प्रथम नगर अधिबेशन सम्पन्न भएको छ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज टीका सुनारको अध्यक्षता र नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्री एंव लुम्बिनी प्रदेश कमिटी सह- संयोजक क.ठाकुर प्रसाद लुहागुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
देशका अधिकांश भु- भाग ओगटेका कथित दलित समुदायको हक अधिकार सुनिश्चित गर्न र सदियौ देखि दमन , शोषण , तिरस्कार , अपहेलना अनि उत्पीडनको चपेटामा पार्दै आएको दलित समुदायको उथ्थान र परिबर्तनका लागि अब त हरेक गाउँ -गाउँ , बस्ती – बस्ती बाट उठ्न लाग्न जरुरी छ भन्ने उध्देस्यले रामपुर नगरपालिकामा पनि नगर कमिटी गठन आवस्यक छ भनी आयोजना गरिएको उक्त कार्यक्रममा गरिब सर्बहारा बर्गको साहारा अनि भरोसा बन्दै आइरहेको पार्टी नेकपा एमालेका विभिन्न तह र तप्काका आफ्नो प्रतिनिधित्व गर्दै आइरहनु भएको नेताहरु , पार्टीको भातृ संगठनका संयौ कार्यकर्ता हरुको सहभागिता रहेकोे थियो।
समय संगसंगै आफ्ना समुदायमा पनि परिबर्तन गर्दै हरेक तहमा नेतृत्व गर्न सक्ने सामर्थ्य पैदा गर्दै बिशेष आफ्ना रहनसहनमा सुधार गरि हिजोको दलित होइन कि आजको सभ्य युगको नागरिक भइ अघि बढ्न र त्यसका लागि हाम्रो पार्टी नेकपा एमाले सदैब साथ रहनेछ भन्ने प्रतिबद्धता सहित रामपुर नगर कमिटी सचिब किर्तिनाथ श्रेष्ठ , रामपुर नगरपालिका वडा न. १ का वडाअध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य मित्रलाल कंडेल ,नेकपा एमाले जिला कमिटी सल्लाहकार सदस्य तथा ३ न.वडाअध्यक्ष दिनेश कुमार खनाल , नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा रामपुर इन्चार्ज राजु प्रसाद श्रेष्ठ , नेकपा एमाले प्रदेश सभा सांसद माननीय युबराज खनाल लगायतले आ- आफ्नो भनाइ हरु राख्नुभएको थियोे ।
आजको कार्यकर्ता भेला र प्रथम नगर अधिबेशन कार्यक्रमले सर्बसम्मत रुपमा दलित समुदायका मुद्दा र त्यसप्रति सकारात्मक सोच सहित समाधानको पाटो सम्म पुर्याउन सम्बन्धित निकाय संगको सहकार्यका लागि रामपुर नगरपालिका भित्रका १० वटै वडा हरुलाइ समेटेर अध्यक्षमा डिल बहादुर कौसी , उपाध्यक्षमा मुना बि क , सचिबमा संजय नेपाली लगायत ३३ सदस्यीय नगर समिती समेत गठन गरेको छ।
नेपाल उत्पीडित मुक्ति समाज रामपुर नगर सह-संयोजक लक्ष्मण सुनामको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम समाजमा आजपनी बिद्यमान जातीय बिभेदका हिजोका इतिहास देखि खेप्नुपरिरहेको उत्पीडन लाई कसरी समाधान गर्न सकिन्छ? भोलिको हाम्रो समुदाय र समुदायका भाबी कार्यदिशा के त ?? भन्ने बिषय हरुमा आफ्ना सान्दर्भिक भनाइ कार्यक्रमको प्रमुख अतिथीले राख्नुभएको थियो भने कार्यक्रम सन्चालन नेकपा एमाले नगर सदस्य तथा अ ने म संघ नगर सचिब सन्जु परियारले गर्नुभएको थियो।


