राष्ट्रिय युवा संघ नेपाल रामपुरकाे युवा भेला सम्पन्न

बाेली खवर   २३ आश्विन २०७८, शनिबार २०:४५

दानस मल्ल

राष्ट्रिय युवा सघं नेपाल रामपुर नगरपालिका वार्ड नम्बर १र२ पाल्पाको युवा भेला सम्पन्न भएको छ। रामपुर नगरपालिका वार्ड नम्बर १ बिर्ताबारिमा भएको भेलाको मुख्य पाहुना नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् प्रदेस सभासद युवराज खनाल रहनु भएको हो।

भेलामा बोल्नु हुँदै प्रदेस सभासद खनाल ले “युवाहरु भनेको देश बिकासको मेरुदण्ड हो।त्यसैले हरेक नेतृत्वतहमा युवाहरु आउनु पर्दछ।त्यसको लागि वडा तह देखिनै आफुलाई कृयासिल बनाउन जरुरी छ भन्नू भयो।”युवा सङ्घ नेपाल वार्ड नम्बर २ का सम्योजक खम बहादुर कुमालको अध्यक्षता मा भएको भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य एबम रामपुर नगर अध्यक्ष राजेन्द्र प्रसाद लम्साल ,जिल्ला कमिटी सदस्य मित्र लाल कडेल,क्षेत्रीय उपाध्यक्ष भेष बहादुर बङ्सि,राष्ट्रिय युवा सङ्घ केन्द्रिय सचिवालय सदस्य हरि भण्डारी ,नेकपा वडा कमिटी अध्यक्ष केशर बहादुर बङ्शी,युवा सङ्घ रामपुर का अध्यक्ष बिष्णु आचार्यले बोल्नु हुँदै भेलाको सफलता को शुभकामना ब्यक्त गर्नु भएको थियो।

युवा सङ्घ नेपाल वार्ड नम्बर १ का पुर्ब अध्यक्ष सन्तोष अधिकारिको स्वागत बाट शुरु भएको युवा भेलाले वार्ड नम्बर १र२ को छुट्टाछुट्टै कमिटी गठन गरेको छ।केशव अर्यालको अध्यक्षता मा २७ सदस्यीय वार्ड नम्बर वार्ड कमिति गठन गरेको छ।जसको उपाध्यक्ष मा गणेश बहादुर भण्डारी ,सचिब मा बुध्द राज अधिकारी ,सहसचिव मा सरिना मल्ल,कोषाध्यक्ष मा बिष्णु माया सारु र अन्य लाई सदस्यमा चयन गरेको छ।यसै गरि खम बहादुर कुमालको अध्यक्षता मा १५ सदस्यीय वार्ड २ को वार्ड कमिटी गठन गरेको छ।जसको उपाध्यक्ष मा बिजय थापा,सचीव मा शिव थापा,सहसचिव मा सरोज नेपाली,कोषाध्यक्षमा अशोक नेपाली र अन्य लाई सदस्यमा चयन गरेको छ।बिजया दशमी,दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान समेत गरेको कार्यक्रम को सन्चालन वार्ड नम्बर १ का सम्योजक शङ्कर कडेल ले गर्नु भएको हो।