पाल्पा,२४ असोज पाल्पाको बगनासकाली गाउँपालिका २ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आईतबार बिहान स्याङ्गजाबाट बुटवल तर्फ जादै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिदा बगनासकाली २ बस्ने बर्ष ५९ का श्याम बहादुर रोकायाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।