रोटरी क्लब अफ रामपुरकाे विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम

बाेली खबर   २५ आश्विन २०७८, सोमबार १४:०८

रामपुर, रोटरी क्लब अफ रामपुरले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
रामपुरको घट्टारमा भएको नियमित बैठक तथा शुभकामनाका साथै बनभोज कार्यक्रममा प्रेसिडेण्ट रोटरीयन राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रेसिडेण्ट श्रेष्ठले नयाँ रोटरीयन मेम्मरहरुलाई रोटरी क्लबको बारेमा स्पष्ट पारेका थिए । यो क्लब इन्टेरनेशलन क्लब भएकाले गरिब, असहाय तथा विपन्न परिवार, दैविप्रकोपमा परेका पीडितहरुलाई सहयोग गर्ने महत्वपूर्ण लक्ष्य रहेको बताएका छन् ।

कार्यक्रममा रोटरीयन मेम्मरका स्पाउस सहितको उपस्थिती रहेको बनभोज तथा शुभकामना कार्यक्रममा उपस्थित सबै मेम्मरहरुले एक अर्कोलाई शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रम रोटरी क्लब अफ रामपुरका सेक्रेटरी रोटरीयन सूर्यप्रसाद घिमिरेले गरेका थिए ।