
रामपुर, राष्ट्रिय युबा संघ नेपालले आज बृहत युबा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पाल्पा रामपुरको रजघरामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश सम्योजक तुलबहादुर अधिकारीले नेकपा एमालेलाई न विकासमा न अन्य कुनै कुरामा जित्न कसैले सक्छ भन्दै युवासंघ अनुसासित र्मयादित संघठन रहेको तथा आउने निर्वाचन मा नेकपा एमाले एक्लै ५१ प्रतिशत ल्याएर देखाउने दावि गर्दै गठबन्धन सरकार जुन अदालतको आर्शिवादले बनेको छ त्यो अव धेरै नटिक्ने बताउनु भएको छ ।
हाल उसले भाग बन्डा नमिलेर सरकार गठन भएको करिव तिन महिना सम्म पनि मन्त्रि परिसद विस्तार गर्न नसक्नु र गठन हुदाँ समेत सम्माननिय न्यायलयलाई समेत विबाधमा तान्ने काम र्गयो यो निन्दनिय रहेको जिकिर र्गनु भएको छ । नेकपा एमालेको सरकार हुदाँ सुकम्बसी भुमिहिन किसान महिला युवा बालबालिका लगाएत लक्षित समुदायलाई सिरमा राखेको स्मरण गर्दै हाल मोतिपुरमा भएको घटना जति आलोचना गरेपनि नसकिने रहेको बताउनु भएको छ ।
राष्ट्रिय युवा संघ अन्चल समन्वय कमिटि अध्यक्ष देबराज खनालको स्वागतबाट सुरु भएको कार्यक्रममा लुम्विनि प्रदेश कमिटि सचिवालय सदस्य राधाकृष्ण कडेंलले बोल्दै विकासको निम्ती एमाले नै चाहिने बताउनु भएको छ । लुम्बिनी प्रदेश कमिटी सदस्य एब प्रदेश सभा सदस्य युबराज खनालले सुनिता दुनुवारको कबिता युबाले चाय युबाको सामु हिमाल झुक्दछ भन्ने सुनाउदै युबाले आँट गरे सबै पुरा हुने बताउनु भएको छ । युबाले लागेमा डाडामा पनि फुल फुल्ने बताउनु भएको छ उहाँले बिकासको मुल फुटाउने नेकपा एमालेको भातृ संगठनले युबाका बिचमा काम गर्दै आएको र गर्न आग्रह गर्नु भएको छ । एमाले कमजोर भै रहेको बिरोधिले एमाले फुटिरहेको बेला यस्तो लाग्छ भने गलत छ किनकि हामिले क्यान्सर भएको भाग काटेर फालिएको हो भन्दै अहिले पनि सम्सद मा एमाले ठुलो पार्टी रहेको बताउनु भएको छ । एमालेको नेतृत्वमा नेपालले गुमेको नक्सा प्रकासन गरेको बताउनु भएको छ । सबैलाइ आउदै गरेको चाडको शुभकामना व्यक्त गर्नु भएको छ ।
नगर कमिटी अध्यक्ष राजेन्द्र प्रसाद लम्साल युबा संघ केन्द्रिय सदस्य झपेन्द्र रायमाझी नेकपा एमाले जिल्ला कमिटी सदस्य दामोदर पाठक ,राष्ट्रिय युवा संघ नेपाल जिल्ला सह सम्योजक बिष्णु आचार्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रिय सदस्य कृष्ण प्रसाद भट्टराई अखिल नेपाल महिला संघ जिल्ला कमिटीको तर्फबाट इश्वरि खनाल ,सन्चारकर्मिका तर्फबाट कृष्ण पौडेल लगाएतले आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा १५ जना युवाहरु पार्टि परित्याग गरि नेकपामा प्रबेश गरेका छन् भने सोहि कार्यक्रममा राष्ट्रिय युवा संघ वडा कमिटि गठन भएको छ । ५१ सदस्सीय युवा कमिटिको अध्यक्षमा राम बहादुर घर्ती, उपाध्यक्षमा राजेन्द्र विक , सचिवमा गोविन्द वस्याल, सहसचिव मदन खत्री कोषाध्यक्षमा रिता पाण्डे रहनु भएको छ । युवा संघ नेपालमा तर्दथ समिति संयोजक हरिस्चन्द्र पोखरेको अध्यक्षतामा र सन्चालन लोकनाथ भट्टराईले गर्नु भएको हो ।


