
निस्दी, निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पाको अधमारा र धोबला टोलमा बिजुली बत्ती बलेको छ । बर्षौ देखि बिजुली बत्तीको प्रतिक्षामा रहेका स्थानीय बासिन्दा दशैमा बिजुली आएपछि स्थानीय उत्साहित भएका छन् ।
बत्तिको स्वीच अन गरेर उद्घाटन गर्दै निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारूले सामुदायिक विद्युतिकरणका लागि लामो मेहनत पश्चात् बिजुलीको बत्ति बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बोल्दै मुख्य पाहुना सारुले सिलुवामा रहेको ३३ केबी लाइनको प्रसारण कार्य अन्तिम चरणमा रहेकोले त्यसको छिट्टै उपभोग गर्न पाउनेमा आफु विश्वासता रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी, समाजसेवी नेम गैरे लगायतकाले बोल्नुभएको थियो । अब निस्दीको अर्चलेमा रनगुवा टोल बाहेक सबै टोलमा बिजुलीको पहुँच पुगेको छ ।