भुपु विद्यार्थी समाजले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

बाेली खवर   २८ आश्विन २०७८, बिहीबार ११:०८


भुपु विद्यार्थी समाज दरै ठाँटि माबि द्धारा आयोजित बिजया दशमी शुभ दिपावली तथा छठ पर्ब को अबसरमा शुभकामना आदान प्रदान तथा पुन मिलन कार्यक्रम सम्पन्न भएको छ । दरैँ ठाटि माविमा भएको कार्यक्रममा रामपुर नगर पालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो ।


प्रमुख अतिथि थापाले बोल्दै विद्यालयमा पढ्ने अबसर नपाएपनि सिक्ने अबसर पाएको बताउदै आफु विद्यालय व्यबस्थापन समितिको सदस्य रहेर काम गरेको बताउनु भएको छ । साथि साथि बिच भेटघाट हुदा रमाईलो सौभाग्यता पाएकोमा खुशि व्यक्त गर्नु भएको छ उहाँले बोल्दै जो जँहा छौ विद्यालयमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । स्थानीय सरकारले एक नमुना विद्यालय घोषणा गर्न पाउने भएकोमा नगरले यस विद्यालयलाइ प्राथमिकतामा राख्ने बताउनु भएको छ ।


समाजका उपाध्यक्ष रामचन्द्र ढुंगानाको स्वागत बाट सुरु भएको कार्यक्रममा वडाअध्यक्ष हुमनाथ न्यौपाने बिकासमा पारदर्शीताका लागि सहयोग होस भन्दै शुभकामना व्यक्त गर्नु भएको छ ।त्यस्तै नेपालि काङ्ग्रेस नगर सभापति नेत्र भट्टराई , प्रधानाध्यापक सुन्दर प्रसाद देबकोटा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अर्याल, समाजका पुर्ब अध्यक्ष ओम प्रकाश बश्याल, राम तुलसी मा बि प्र अ बालकृष्ण लम्साल,पुर्ब शिक्षक सागर प्रसाद देबकोटा लगाएत शिक्षक पुर्ब विद्यार्थी ,समाजिक व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । वि सं २०६२ सालमा स्थापना भएको मन्चले विद्यालय परिसरमा सरास्वतिको मन्दिर निर्माण गरेको छ भने छात्राबृद्धि कापि कलम पुस्तक झोला बितरण गर्ने गरेको छ ।


पुर्ब विद्यार्थी एवं राष्ट्रिय लोकदोहोरि प्रतिष्ठानका पुर्ब अध्यक्ष बद्री पङ्गेनिले धन्यवाद व्यक्त गर्नु भएको कार्यक्रममा समाजका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा भएको हो ।कार्यक्रमको सन्चालन सचिब सुदिप गैरेले गर्नु भएको हो ।

समाजका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा भएको हो ।कार्यक्रमको सन्चालन सचिब सुदिप गैरेले गर्नु भएको हो ।

भुपु विद्यार्थी समाज द्धारा निर्मीत सरास्वतिकाे मन्दिर