तालपोखरा संरक्षण समितिले शताव्दी पुरुषको प्रतिमा अनाबरण गर्याे

बाेली खवर   २८ आश्विन २०७८, बिहीबार १७:२३

तालपोखरा संरक्षण समितिले शताव्दी पुरुषको प्रतिमा अनाबरण गरेको छ । पाल्पा जिल्ला रामपुर नगरपालिका वडा न ६ विजयपुर वस्ने सुव्वा लोकनाथ रेग्मीको प्रतिमा आज एक कार्यक्रमका विच अनावरण गरीएको हो । प्रतिमा अनावरण कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अतिथि थापाले बोल्दै सामाजिक रुपमा ससक्त बुवाको सु स्वास्थ्य दिर्घायुको कामना गर्दै उहाँले समाजका लागी गर्नु भएको योगदानको स्मरण गर्नु भएको छ । उहाँले सवैमा सामाजिक भावनाको विकास हुन पर्ने र मिलेर तालपोखरा विकासमा भुमिका खेल्न आग्रह गर्नु भएको छ ।


रामपुर नगरपालिका वडा न ६का वडाअध्यक्ष हुमनाथ न्यौपाने, परिवारको तर्फवाट सुदन रेग्मी लगाएतले आफ्ना कुरा राख्नु भएको थियो । वि स २०६५ सालको पौषमा भएको धन धान्यान्चल महायज्ञमा शताव्दी पुरुष लोकनाथ रेग्मीले १३ लाख ३३हजार ३सय ३३ रुपयाँ दान गर्नु भएको थियो । विसं १९७९साल भदौ २६ गते आमा टिका कुमारी र वुवा दण्डपानिको गर्भ बाट स्याङ्जा जिल्ला लुव्दी खोला मा जन्मनु भएका रेग्मी १९९६मा डिट्ठाको रुपमा सरकारी सेवामा प्रवेश गर्नु भएको थियो

। ३९ बर्षको उमेरमा सेवा निबृत भई हाल ३ छोरा श्रीमति र नाति नातिना सगँ वस्दै आउनु भएको छ । उहाँ १२५ जना परीवार सदस्यको धनि हुनुहुन्छ । उहाँका नाति नातिना पनाति पनातिना सवै रहनु भएको छ ।
रामपुरका विभिन्न संघ सस्थामा सहयोग गर्नु भएका रेग्मीको प्रतिक भारतको दिल्ली पहाड गन्जबाट ल्याईएको हो । कार्यक्रममा सस्थाका र्पुव अध्यक्ष देवराज देवकोटाले स्वागत गर्नु भएको थियो। सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सचिव सुनिल देवकोटाले सन्चालन गर्नु भएको थियो । ताल पोखरा संरक्षण समितिका अध्यक्ष देवकोटाले अव ६ वटा प्रतिमा बनाउन बाकिँ रहेको जानकारि गराउनु भएको छ ।

गर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सचिव सुनिल देवकोटाले सन्चालन गर्नु भएको थियो ।Enter