रामतुलसी मावि पूर्व विद्यार्थी मञ्चले शुभकामना आदानप्रदान गर्याे

बाेली खवर   ३० आश्विन २०७८, शनिबार २०:२४

रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चले शुभकामना आदानप्रदान गरेको छ । हिन्दुहरुको महान पर्व विजयादशमि, शुभ दिपावलि एव छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा रामपुर नगरपालिकाका उप प्रमुख विष्णु देवि घिमिरे आचार्य प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि घिमिरेले बोल्दै पुन मिलन कार्यक्रमबाट विद्यार्थी कहाँ पुगे के गर्दै छन् भन्ने साथै विद्यालय प्रतिको जिम्मेवारी वहन हुने वताउनु भएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा मन्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा छात्रा बृद्धि स्थापना गर्नुभएको छ । उहाँले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति स्थापना गर्नुभएको हो । कक्षा एघारका गरिव जेहन्दार विद्यार्थीका लागी उहाँले स्नेहा छात्राबृद्धि स्थापना गर्नु भएको बताउनु भएको छ । उहाँले सो रकम बराबरको चेक नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गर्नुभयो । साथै अध्यक्ष कँडेलले यसभन्दा अघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ कँडेल र माता तिलमाया कँडेलका नाममा रु ५१ हजार ४७० रकम बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिसक्नुभएको छ । साथै उहाँले यहाँको दरैठाँटी माविमा पनि मातापिताका नाममा रु ५१ हजार ६०६ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिनुभएको छ । “आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हुँ, अहिले स्थापना गरेको कोषमा रकम थप गर्दै जानेछु, शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,” कँडेलले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक लम्सालले विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट करिब २० लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना भएको जानकारी दिँदै यसरी विद्यालयलाई सहयोग गरेका सबै सहयोगदातालाई धन्यवाद दिनुभयो । विद्यार्थी मन्चका महेश पौड्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा समाजसेवि देवराज ढकाल, विद्यालय व्यवस्थापन समिति सदस्य एव वडाध्यक्ष हिमाल मल्ल लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रम मन्चका सचिव विष्णु प्रसाद रेग्मीले सन्चालन गर्नु भएको थियो ।