नेकपा एमाले अर्चले पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न

बाेली खवर   ६ कार्तिक २०७८, शनिबार ०६:१८

निस्दी,पाल्पा

नेकपा एमाले निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।

वडा कमिटी अध्यक्ष तोल बहादुर राईको अध्यक्षतामा भएको अधिवेशनले महेन्द्र बयम्बुको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश राना, सचिवमा कृष्ण बहादुर सुनारी, उपसचिवमा मिम्श्री बयम्बु र टोप बहादुर सिंजाली र अन्यलाई सदस्यमा सर्बसहमितिद्वारा चयन गरेको छ ।

नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा निस्दी कमिटीका इन्चार्ज दमन पाटाले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदै सामाजिक काममा लाग्न सुझाव दिनु भएको थियो ।कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारू ,जिल्ला कमिटी सदस्य नविन्द्र सोती,निस्दी संगठन कमिटीका सचिब तथा वडाध्यक्ष मेख बहादुर सुनारी,टेक बहादुर सोमै लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वडा कमिटी अध्यक्षले संगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सन्चालन वडा कमिटी सचिब महेन्द्र बयम्बुले गर्नुभएको हो । असोज ६ गते सम्म वडा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको एमालेले निस्दीको वडा नम्बर-१,बाकामलाङ्गमा गिर बहादुर सोती,वडा नम्बर-४,मित्यालमा सन्तबिर सुनारी र वडा नम्बर-७,ज्यामिरेमा मुक्त बहादुर पाटाको अध्यक्षतामा वडा कमिटी गठन गरेको पार्टीले जनाएको छ ।