कानुन बालबालिका तथा महिला जेष्ठ नागरिक मन्त्रि घर्तिले रामपुरको पर्यटकिय स्थलकाे अवलाेकन

बाेली खवर   ६ कार्तिक २०७८, शनिबार २०:४८

कानुन बालबालिका तथा महिला जेष्ठ नागरिक प्रदेश मन्त्रि माननीय रमा घर्तिले रामपुरको पर्यटकिय स्थल तालपोखरा र रामपुर ७ को आधारभुत विद्यालय र रामपुर वचत तथा ऋण सहकारीको अनुगमन निरिक्षण गर्नु भएको छ ।
मन्त्रि भए पछि पहिलो पटक रामपुर आउनुभएको मन्त्री घर्तिले रामपुरको लागि यहिका जनताको भावनालाई बुझेर काम गर्दै जाने बताउनु भएको छ ।
रामपुरमा धेरै विकासको सम्भावना भएको र आफुले रामपुरको कुनै पनि काममा सक्दो प्रयास गर्ने बताउनु भयो । रामपुर ७ को आधारभुत विद्यालयमा फुलमाला अविरलेमाननिय मन्त्री लाई स्वागत गरिएको थियो । नेता विनोद श्रष्ठको पुजनिय पिताको निधनको छैटौदिनको तिथिमा माननीय मन्त्री ले श्रेष्ठको परिवारमा मन्त्रालयको तर्फबाट समबेदना पत्र समेत परिवारका सदस्य लाईप्रदान गर्नु भयो ।