एमालेको वडा अधिवेशनः पाल्पा रामपुरमा कुन वडामा कस्को नेतृत्व ?

बाेली खबर   ६ कार्तिक २०७८, शनिबार २१:३४

रामपुर, नेकपा (एमाले) ले रामपुर नगर पालिकाका सवै वडा वडाहरुको अधिबेशन सम्पन्न भएको छ । आज देश भरिनै नेकपा एमाले वडा कमिटीले नयाँ नेतृत्व पाएको छ ।

रामपुर नगरपालिका वडा न १ मा जगत बहादुर मल्लको अध्यक्षतामा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा हिमाल थापा, सचिव मिन बहादुर खाणँ, र उपसचिवमा दुर्गा बहादुर विक चयन भएको छ । वडा अधिबेशनमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एव संघिय सांसद दलवहादुर राना अतिथि रहेका थिए । कार्यक्रमको अध्यक्षता केशर वहादुर । बंशीले गर्नु गरेका थिए ।

त्यस्तै वडा न २ मा अमर बहादुर थापाको अध्यक्षतामा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा विष्णु मायाँ कुमाल , सचिवमा खम बहादुर कुमाल, उपसचिवमा खड्ग बहादुर नेपाली र नारायणी खड्का चयन भएकाेछ । अमर वहादुर थापाको अध्यक्षतामा र नेकपामा एमाले जिल्ला सल्लाहकार सदस्य इमान सिं थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

वडा न ३ मा लोकनाथ भट्टराईको अध्यक्षतामा नयाँ वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा गोव बहादुर राना, सचिव डोलराज तिमील्सीना, उप सचिव वद्रीनाथ पंगेनी र धनकान्ति पाठक चयन भएको छ । त्यस्तै वडा न ४ मा दिल बहादुर कौशिको अध्यक्षतामा नयाँ कमिटी सम्पन्न भएको छ । उपाध्यक्षमा मिन बहादुर श्रेष्ठ (मोहन) सचिव गंगा प्रसाद श्रेष्ठ, उप सचिव श्रृजना भुजेल र विजय कुमार श्रेष्ठ चयन भएको छ ।

त्यस्तै वडा न ५ मा मिन राज रेग्मीको अध्यक्षतामा उपाध्यक्ष वेदराज ढुंगाना सचिव सुनिल श्रेष्ठ, उप सचिव ऋतुमान श्रेष्ठ र युद्धमायाँ राना चयन भएको छ । कार्यक्रमको अध्यक्षता अशोक श्रेष्ठले गरेका थिए । त्यस्तै वडा न ६ मा लोकनाथ ढकालको अध्यक्षता नयाँ कमिटी गठन  भएकाेछ । जसको उपाध्यक्षमा नारायण प्रसाद पराजुली , सचिव जनक भण्डारी उप सचिवमा शिव देवकोटा र सुनिता जिटी रहेका छन् । कार्यक्रमको अध्यक्षता सागर देवकोटाले गरेका थिए । त्यस्तै वडा न ७ मा बैकुण्ठ अधिकारी अध्यक्ष रहने गरि उपाध्यक्षमा खेमराज गौतम , सचिवमा रविन्द्र पंगेनि उप सचिवमा गोपाल वहादुर दमै र बुद्धिसरा विक चयन भएकोछ ।

वडा न ८ मा हरि बहादुर ज्ञवालीको अध्यक्षतामा उपाध्यक्ष डिलबहादुर रामजाली सचिव शिव प्रसाद अधिकारी र उप सचिवमा अमृता श्रेष्ठ चयन भएको छ । त्यस्तै वडा न ९ मा अध्यक्ष मोहन खनाल, उपाध्यक्ष डम्मर वहादुर गाहाँ, सचिव विष्णु प्रसाद कोईराला ,उपसचिवमा झमन सिं दर्लामी र मदन चोहान रहने गरी नयाँ कमिटी गठन गरिएको छ । वडा न १० मा टंक प्रसाद खनालको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा टोप वहादुर श्रेष्ठ, सचिव अनन्त भण्डारी , उप सचिव शान्ति भण्डारी र सुमित्रा बर्मेली रहेका छन् । यसै विचमा रामपुरको होटल श्रीनगरमा पूर्व  प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी ओेलीले गर्नु भएको देश व्यापी उद्घाटनलाई लाईभ गरेर सुरू गरिएको थियो ।