
पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर ८ कुमराङमा बसको ठक्कर बाट मोटरसाईकल चालक घाईते भएका छन् ।
रामपुर बाट बुटवल जाँदै गरेको लु १ ख ९०८३ नम्बरको बसले हेक्लाङ्ग बाट बेझाँड तर्फ आउँदै गरेको ग १० प ५३७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घाईते भएको हो ।
घाईते हुनेमा रामपुर नगरपालिका १० का ३८ वर्षिय दामोदर ओस्ती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो ।ओस्तीको रामपुर अस्पतालमा उपचार भैरहेको छ । घटनाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।