नेपाल उत्पीडित जातीय मुक्ति समाज बैठक सम्पन्न

बाेली खवर   ९ कार्तिक २०७८, मंगलवार ०५:१६

नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष डिल ब. कौशीको अध्यक्षता र नेकपा एमाले केन्द्रिय सदस्य एंव पुर्व भुमिसुधार मन्त्री माननीय संघीय सांसद कमरेड दल ब. रानाको प्रमुख अध्यक्षतामा बैठक बसेको हो ।

सदियौ देखि पिछडिएका कथित दलित समुदायका उत्थानका लागि अनि गरिब सर्बहारा बर्गको हितका निम्ति इतिहास कालदेखि नै लागी पर्दै र समेटेर लैजाने पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको पहिलो अधिबेशन बाट चुनिनुभएका पदाधिकारी हरुको काम कर्तब्य अनि जिम्मेवारी बहनका लागि प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न भएको छ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य एंव रामपुर नगरपालिका इन्चार्ज टीका सुनार, नेकपा एमाले प्रदेश न. ५ क्षेत्र न . १ ‘क’ का सांसद माननीय युबराज खनालको महत्वपूर्ण मन्तब्य लगाएत रामपुर नगर भित्रका प्रत्येक वडाका प्रतिनिधि हरुले आ- आफ्नो ठाँउको समस्या संगै पार्टीले गरेका सकारात्मक पक्ष समेटेर भनाइ राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य एंव पुर्व भुमी सुधार मन्त्री माननीय संघीय सांसद दल ब. रानाले समाजका टोल-टोल देखि हरेक क्षेत्रमा दलित समुदायका समस्या, मुद्दा अनि हक अधिकार सुनिश्चित गर्नका लागि कथित दलित समुदाय भित्रै बाट कमजोरी पक्ष हरुलाइ सुधारेर आफ्नै समुदाय नै लागिपरी स्थानीय देखि हरेक तह निकायमा आफ्ना ठाँउको उत्थान , बिकास अनि परिबर्तनका लागी सहभागिता संगै पहुँच सम्म पहल गरि अबका दिनमा जातिय विभेदका घटनाहरुबाट ग्रसित हुन नपरोस, र हाम्रो पार्टी नेकपा एमाले पनि सदैब तपाईं अनि तपाईंको समुदायका लागि अहोरात्र लागिपर्नेछ भन्ने प्रतिबद्धता समेत दिनुभएको थियो। नेपाल उत्पीडित जातिय मुक्ति समाज रामपुर नगर सल्लाहकार सदस्य केश ब. नेपालीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा धन्यवाद मन्तब्य नेपाल उत्पीडित जातीय मुक्ति समाज नगर कमिटीका सचिब संजय नेपालीले दिनुभएको थियो भने कार्यक्रम सन्चालन नेपाल उत्पीडित जातीय मुक्ति समाज नगर सल्लाहकार सदस्य सन्जु देबि परियारले गर्नुभएको हो।