
नेपाल कम्युनिस्ट पार्टीले MCC परियोजना अन्तर्गत निर्माण भएको MCA काे कार्यलय हट्न चेतावनी दिएको छ । अाज पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपाल का केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक दर्जन नेता कार्यकर्ताको उपस्थितिमा कार्यलयका शाखा प्रमुख संगिता नेपाललाई तुरुन्तै यहाँबाट कार्यलय हट्न माग गरिएको पत्र बुझाएको हाे ।

पत्र जस्ताको त्यस्तै ….. पत्रमा एमसिसि परियोजना विवाद रहेको र नेपाली जनताले नस्विकार्यकाे अवस्थामा प्रपंच रचेर अगाडि बढ्न खाेजिएकाे समेत बताएका छन् । तसर्थ यस्तो अवस्थामा देश र जनताको हितमा र विवादित रहेको अवस्थामा कार्यलय खाेलिनु राष्ट्रियता विपरीत भएको समेत नेताहरूले बताएका छन् । त्यसैले यस्तो अवस्थामा कार्यलय खाेलिनु,रहनु र अटेरी गरिनुमा नेपाल कम्युनिस्ट पार्टीको गम्भीर अापत्ति सहित तुरुन्तै उक्त कार्यलय हटाएर उक्त कार्यमा संलग्न नेपाली कर्मचारीहरु समेत नेपाली राष्ट्रियताकाे पक्षमा लाग्न समेत अपिल गरेका छन् । साथै यदि यश कार्यलाई अटेरी गरे गम्भीर परिणाम निस्कने चेतावनी समेत दिएका छन् ।