रामपुरमा नेकपा एमालेको प्रथम नगर अधिबेशन (फाेटाे फिचर)

बाेली खबर   ९ कार्तिक २०७८, मंगलवार २०:४६

नेपाल कम्युनिस्ट पार्टी एमाले को प्रथम नगर अधिबेशन आज सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् प्रदेश इन्चार्ज संघीय सांसद दल बहादुर रानाले बोल्दै देश भरिनै आज पालिकाहरुको अधिबेशन भएको भन्दै शुभकामना दिएका छन् । पूर्वमन्त्री रानाले अहिले एमाले पार्टी सुदृढीकरण तर्फ लागेको बताउदै रामपुर को बिकासमा जोड दिएका छन् ।

उनले रामपुर को बिकासमा अहिलेको नगरपालिकाको नेतृत्व चुकेको बताएका छन् । उनले प्रदेशबाट परेको बजेट खालिबन रामपुर मोटर बाटोको बजेट आफुले भनेको मान्छेलाई टेन्डर नपर्दा फूयून भएको बताएका छन् । उनले केन्द्रको विषयलाई जोड्दै परमादेशबाट बनेको सरकारले न्यायपालिकालाई समेत बिबादमा तानेको भन्दै अब धेरै समय सरकार अगाडि नबड्ने बताएका छन् ।

उनले पहिलाको सरकारले २९ वटा बाटोको बजेट काटेको छ । के ति बाटोहरुमा एमालेको मान्छे मात्र हिड्ने होर बिकास एमालेको लागि मात्र होइन सबैका लागि हो । अन्तमा रानाले बोल्दै आगामी निर्वाचनमा दुई तिहाइ ल्याउने ठोकुवा गरेको छ ।

उपाध्यक्ष लिल बहादुर गाहाको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य बुद्धिराज गौतम, पाल्पा काठमाडौ सम्पर्क मन्चका अध्यक्ष निल सारु, अनेरास्ववियु केन्द्रिय कमिटी सचिबालय सदस्य शंकर गौतम, अनेमसंघको तर्फबाट दुर्गा देबि राना, राष्ट्रिय युवा संघ नेपाल बिष्णु आचार्य पत्रकार बन्दना पोखरेल, दलित मुक्ति समाजको तर्फबाट लक्ष्मण सुनामले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम नगर अध्यक्ष राजेन्द्र प्रसाद लम्सालको अध्यक्षता तथा सचिव किर्तीनाथ श्रेष्ठको संचालमा भएको थियो ।